कोरोनाको तेस्रो लहर : घर–घरमा बिरामी तर परीक्षण नै गर्दैनन् 

कोरोनाको तेस्रो लहर : घर–घरमा बिरामी तर परीक्षण नै गर्दैनन् 
+
-

सप्तरी – १५ दिनअघि राजविराज नगरपालिका–२ का ४५ वर्षीय सन्तोष यादवलाई उच्च ज्वरो आयो। रुघाखोकी केही थिएन तर थाम्नै नसक्ने गरी जाडो हुन्थ्यो। कोरोनाको तेस्रो लहर फैलिनु र उनलाई ज्वरो आउनु एकै पटक भयो। उच्च ज्वरो आए पनि उनले अस्पताल गएर परीक्षण गरेनन्। बरु घर नजिकैको औषधि पसलबाट ज्वरो कम गर्ने र दुखाई रोक्ने औषधि किनेर खाए।

उनका अनुसार कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका अधिकांश लक्षण देखिएको थियो। उनले भने, ‘खाना खान त मनै लाग्दैन्थ्यो। जवरजस्ती अलिअलि खाएर औषधि नियमित खान्थँे, बाफ लिन्थेँ। तातो पानी खान्थे।’

उनले पीसीआर टेस्ट पनि गराएनन्। उनले थपे, ‘एक पटक पीसीआर टेस्ट गराउने इच्छा लागेको थियो। जाडो र कमजोरीका कारण निस्किनै सकिन।’ परिवार सँगै सँगै उनी बसे। उनलाई पाँच दिन ज्वरो लागेर निको भयो। तर, सामान्य अवस्थामा आउन १० दिन लाग्यो।

उनलाई ज्वरो कम भएपछि आमा, श्रीमती, छोराछोरीलाई पनि पालैपालो ज्वरो आयो। उनीहरूले पनि त्यसैगरी औषधि खाए ज्वरो निको भयो। उनले भने, ‘पीसीआर टेस्ट गर्ने र अस्पताल भर्ना गर्न आवश्यकता नै परेन्।’

राजविराज नगरपालिका–६ कै ४७ वर्षीय नरेश चौधरीलाई पनि २० दिनअघि उच्च ज्वरो आयो। घर नजिकैको फार्मेसीमा गएर उनले पनि समस्या सुनाएर र फार्मेसी सन्चालकले दिएको औषधि खाएरै ठिक भएँ। उनले सुनाए, ‘अस्पताल जानेतर्फ ध्यान नै गएन। तर, एक हप्ता थला परे।’ एक हप्तापछि ज्वरो त निको भयो तर १५ दिनसम्म मुख मिठो नभएको र कमजोरीले सताएको उनको अनुभव छ।

राजविराज नगरपालिका–२ का ४० वर्षीय सुनिल चौधरीको अनुभव पनि यस्तै छ। उनी पनि तीन दिन ज्वरोले थलिए तर कोरोना परीक्षण गर्ने र अस्पताल जाने झन्झटमा लागेनन्। उनीसँगै परिवारका अन्य सदस्यलाई पनि केही दिन ज्वरोले थला पार्‍याे।

सप्तरीमा कोरोनाको पहिलो र दोस्रो लहरमा भन्दा तेस्रो लहरमा धेरै मनिस बिरामी भए पनि पीसीआर परीक्षण गर्ने र अस्पताल जाने निकै कम रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले बताए।

उनले भने, ‘ज्वरोका बिरामी घरघर भए पनि अस्पताल आउने निकै कम छन्। पीसीआर गराएकामध्ये तीन सय हाराहारीमा मात्रै पोजेटिभ देखिएको तथ्यांक छ।’

आइसोलेसन केन्द्र रित्तै
कोरोना संक्रमितका लागि बनाएको राजविराजस्थित साइकृष्णाको आइसोलेसन तथा गाउँपालिका, नगरपालिकाद्वारा सन्चालित आइसोलेशन पहिलो र दोस्रो लहरमा भरिभराउ थिए। तर यसपटक रित्तै रित्तै रहेको स्वास्थ्यकर्मी बताउँछन्।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष