‘नेविसंघलगायत भ्रातृ संस्थाको समस्या समाधान छिट्टै हुन्छ’

‘नेविसंघलगायत भ्रातृ संस्थाको समस्या समाधान छिट्टै हुन्छ’
+
-

काठमाडौँ – कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेविसंघलगायत पार्टीका भ्रातृ संस्थाको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताएका छन्।

महामन्त्री शर्माले नेविसंघलगायत भ्रातृ संस्थाको समस्या समाधान गर्ने विषयमा अर्का महामन्त्री गगनकुमार थापा र आफूले बढी जोड दिएको जानकारी दिए।

पार्टी केन्द्रीय कार्यालय सानेपा सोमबार पुगेका नेविसंघका विद्यार्थी नेताहरूसँग उनले भ्रातृ संस्थामा देखिएको समस्या समाधानका लागि प्रक्रियासमेत अघि बढाइएको बताए।

नेविसंघका पूर्वअध्यक्षसमेत रहेका उनले मुलुकको लोकतन्त्रीकरणसँगै विकास, निर्माण प्रक्रियालाई तीव्रता दिन पनि नेविसंघजस्ता संगठन बलियो हुनुपर्नेमा आफूहरू सचेत रहेको बताए।

महामन्त्री शर्माले भने, ‘भ्रातृसंस्थाका समस्या छन्। नयाँ आएका महामन्त्री कहाँ छन् ? के छ ? हाम्रोबारे के सोचिरहेका छन् ? भन्ने कुरा सामाजिक सञ्जालमा समेत आइरहेका छन्। तर के बिर्सनु हुँदैन भने कुनै हस्पिटलमा नयाँ डाक्टर आयो भन्दैमा सबै बिरामीको समस्या एकैचोटि समाधान हुँदैन। प्रक्रियामा जान्छ। बाहिर धेरै बोलेर समाधान हुँदैन। मेरो नेचरबारे म प्रवक्ता हुँदा पनि कम अन्तर्वार्ता दिएको मान्छे हुँ। अहिले म महामन्त्री भए पनि धेरै बोलेको छैन। बोल्नेवाला पनि छैन। त्यसकारण तपार्इंहरूको ईस्युबारे अहिले हामी छलफल गरिराखेका छौं। खासगरी हामी दुई महामन्त्री बसेर के गरेर जाने भन्नेमा जोड छ। भ्रातृ संस्थाहरूबारे किन पनि जोड छ भने यो संगठन बलियो बन्नु भनेको तपार्इंहरूका लागि होइन। यो त नेसनको कष्टको कुरा हो। मुख्य कुरा सोसाइटीको डमोक्राइजेसन गर्न सकियो, ब्युरोक्रेसीको सकियो। मान्छेलाई लोकतन्त्रीकरण बनाउन सकियो भने नेपालको डेभलपमेन्टको प्रोसेसलाई बल पुग्छ। र, त्यसका लागि नेविसंघ नमुना संगठन बन्नुपर्छ।’

महामन्त्री शर्माले आफू बोलेर भन्दा पनि कामै गरेर देखाउने भएकाले यस विषयमा धेरै बोल्ने पक्षमा नरहेको पटक–पटक दोहो¥याए। उनले आफूहरू पार्टीको पदाधिकारीमा आएपछि पार्टीभित्र देखिएको समस्यालाई प्रक्रियामा लगेर समाधान गर्न लागिपरेको बताए। त्यस अवसरमा विद्यार्थी नेताहरूले नेविसंघको महाधिवेशन छिटो सम्पन्न गराउन पहल गरिदिन महामन्त्री शर्मासँग आग्रह गरेका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष