रसुवामा एक हजारले लगाए बुस्टर डोज

रसुवामा एक हजारले लगाए बुस्टर डोज
+
-

रसुवा – रसुवामा एक हजारभन्दा बढीले कोभिड १९ विरुद्धको बुस्टर डोज लगाएका छन्। माघ ३ गतेदेखि जिल्लामा अग्रपङ्क्ति रहेकालाई लगाउन सुरु गरिएको कोभिड १९ विरुद्ध खोपको बुस्टर डोज एक हजार ३४ जनाले लगाएका हुन्।

२०७७ माघ १४ देखि २०७८ असार मसान्तसम्म पहिलो र दोस्रो डोजको पूर्ण खोप लगाएका एक हजार ३४ जना फ्रन्टलाइनरलाई कोभिड १९ विरुद्धको बुस्टर डोज लगाइएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए। ७ सय ११ जनाले कोभिसिल्ड र ३ सय २३ जनाले भेरोसेलको बुस्टर डोज लगाएका छन्। जसमध्ये ४ सय ५९ जना पुरुष र २ सय ३३ जना महिलाले कोरोनाविरुद्धको कोभिसिल्ड खोपको बुस्टर डोज लगाएका छन्।

त्यसैगरि २ सय २८ जना पुरुष र ९५ जना महिलाले कोरोनाविरुद्धको भेरोसेल खोपको बुस्टर डोज लगाएको चालिसेले बताए। ‘केन्द्रको परिपत्र अनुसार दोस्रो मात्रा लगाएको ६ महिना पुरा भएका अंग्रपक्तिमा खट्ने एवं सार्वजनिक सेवामा संलग्न व्यक्तिहरू स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक क्षेत्र, पत्रकार, बैंकिङ समूह, सरकारी निकायमा रहेकाहरूलाई पहिलो चरण अन्तर्गतको बुस्टर डोजको खोप लगाएका हौं’, उनले भने।

कोभिड १९ विरुद्धको पहिलो खोप अभियानको क्रममा जिल्लामा एक हजार ७ जना फ्रन्टलाइनरले  खोप लगाएका थिए। कर्मचारीहरू फेरबदल भइरहने हुँदा संख्यामा लक्ष्य अनुसार फरक हुने गरेको उनले बताए। ‘जिल्लामा खोप अभियानको सुरुमा  फ्रन्टलाइनर भनेर एक हजार ७ जनालाई लगाइएको थियो। यो लक्ष्य रहेको थियो। तर, कर्मचारीहर”को सरुवा हुँदा संख्यामा तलमाथि रहेको छ,’ उनले भने।

त्यसैगरि स्वास्थ्य कार्यालय रसुवाले बुस्टर डोजको दोस्रो चरणअन्तर्गत गएको असार मसान्तसम्म दोस्रो डोजको खोप लगाई ६ महिना पुरा भएका सबैलाई बुस्टर डोज दिने तयारी गरेको छ। जिल्लामा अहिले २७ सय डोज भेरोसेल, १ सय ८० डोज कोभिसिल्डको खोप रहेको जनाइएको छ।

कोरोनाविरुद्धको दोस्रो डोजको खोप लगाएको ६ महिना पुरा भएकालाई बुस्टर डोज लगाउन कोभिसिल्ड दुई हजार र भेरोसेल दुई हजार गरी चार हजार डोज खोपको माग गरिएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख चालिसेले बताए।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा गत असार मसान्तसम्म कोरोनाविरुद्धको दोस्रो डोज लगाएका ३ हजार २ सय ९९ जना रहेका छन्। जसमध्ये एक हजार ३० कोभिसिल्ड लगाएका र २ हजार २ सय ६९ जना भेरोसेल लगाएका रहेको बताइएको छ।

कोरोनाको पूर्ण मात्रा खोप लगाएको ६ महिना पुरा भएकाहरूलाई खोप लगाउनका लागि लिन जाने आवश्यक तयारी भइरहेको चालिसेले बताए। एक साताभित्रमा जिल्लामा खोप ल्याई दोस्रो डोजको खोप लगाएको ६ महिना पुरा भएका सबैलाई बुस्टर डोज लगाइने उनले बताए। ‘जुन खोप लगाए पनि कोभिसिल्ड खोप लगाउन सकिने भनी केन्द्रबाट परिपत्र भई आएको छ, पहिला भेरोसेल लगाएकालाई भेरोसेल, कोभिसिल्ड लगाएकालाई कोभिसिल्ड लगाउनुपर्ने भनिएको थियो तर अहिले जुन भए पनि कोभिसिल्ड लगाउन मिल्ने भनिएको छ, त्यसैअनुसार लगाउँछौँ’, उनले भने।

त्यसैगरि जिल्लामा कोरोनाविरुद्धको पहिलो र दोस्रो डोजको खोप लगाउन छुटेकालाई खोप लगाइरहेको उनले बताए। हामीले बुस्टर डोज अनि बालिबालिकालाई मोडर्ना खोप मात्र फोकस गरेका छैनौं। खोप लगाउन छुटेका आउनुभयो भने हामीले फिर्ता पठाएका छैनौं। लगाइरहेका छौं’, उनले भने।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष