शिक्षामन्त्री पौडेलले मागे विश्वविद्यालय सुधारका योजना

शिक्षामन्त्री पौडेलले मागे विश्वविद्यालय सुधारका योजना
+
-

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय सुधारका योजना मागेका छन्। मन्त्रालयमा त्रिभुवन विश्विद्यालयका उपकुलपतिसहितको छलफलमा मन्त्री पौडेलले सोमबार त्रिभुवन विश्वविद्यालय सुधारका योजना मागेका हुन्।

‘मन्त्रालयले विश्वविद्यालय सुधारका लागि योजना बनाइरहेको छ,’ मन्त्री पौडेलले भने, ‘देशका ८० प्रतिशत विद्यार्थी ओगटेको विश्वविद्यालयले नयाँ योजना दिनुपर्‍यो, हामी कार्यान्वयनको प्रक्रियामा लैजान्छौं।’

मन्त्री पौडेलले वार्षिक १ खर्बभन्दा बढी रकम मेडिकल शिक्षाका लागि विदेश गइरहेको बताउँदै काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले त्यसलाई रोकेर नेपालमै विद्यार्थीलाई पढ्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए।

‘काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले मेडिकल कलेज पढ्ने विद्यार्थीका लागि सोच्नुपर्छ,’ मन्त्री पौडेलले भने, ‘काउन्सिलको परीक्षासहित अध्ययनको व्यवस्था यहीँ गरौं, विद्यार्थीले नेपालमै पढ्ने वातावरण बनाउनुपर्छ।’

मन्त्री पौडेलले कोष र क्वालिटीमा हस्तक्षेप नगर्ने भन्दै विद्यार्थीलाई नेपालमै पढ्ने वातावरण सिर्जना गरी त्यसका लागि मन्त्रालयले गाँठो फुकाउनेमा प्रतिबद्धता व्यक्त गरे।

विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले विश्वविद्यालयको भौतिक पूर्वाधार सुधार, प्रविधिमैत्री विश्वविद्यालय, अनुसन्धानलाई प्राथमिकता शैक्षिक पात्रको व्यवस्था र त्यसको कडाइसाथ पालना गर्नुपर्ने विषयमा जानकारी गराए।

उनले परीक्षा प्रणालीमा व्यापक सुधार तथा विकेन्द्रीकरण, बजारमुखी, स्वरोजगारमूलक तथा देशको आवश्यकताअनुसार जनशक्ति उत्पादन, आंगिक तथा सम्बन्धन प्राप्त कलेजको प्रभावकारी नियमन, उच्च शिक्षातर्फ अन्तर्राष्ट्रियकरण गर्दै लैजाने, सुशासनमा जोडलगायत १५ सूत्रीय सुधार योजना सुनाए।

उनले राजनीतिक आडमा विभिन्न संगठनले तालाबन्दी गर्दा विद्यार्थीको पढाइ प्रभावित भएको बताए।

‘विभिन्न राजनीतिक दलका मान्छेले १४९ दिन तालाबन्दी गरे,’ उनले भने, ‘हामी असुरक्षित छौँ, गृह मन्त्रालयलाई सुरक्षाको माग गर्दा विश्वविद्यालयमा प्रहरी पठाउन मिल्दैन भन्नुहुन्छ।’

४० वर्षअघिका भौतिक संरचना ०७२ सालको भूकम्पले क्षति भएर रातो स्टिकर लगाइसके पनि त्यहीँ बसेर विद्यार्थीले अध्ययन गरिरहेको उनले सुनाए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष