अनियमितता गरेको भन्दै वडा कार्यालयमा स्थानीयले लगाए ताला

अनियमितता गरेको भन्दै वडा कार्यालयमा स्थानीयले लगाए ताला
+
-

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ८ ईर्खुको वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन्। नागरिकले पाउने सुविधामा हेलचक्राई भएको भन्दै ५४ जना स्थानीयको हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र टाँस्दै वडा कार्यालयमा तालाबन्दी गरिएको हो।

स्थानीय धनबहादुर तामाङका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका ८ अन्तर्गत, साविक ईर्खु गाविसका ९ ओटा वडाभित्रका नागरिक तथा जनसमुदायहरूको उपस्थितिमा ३ बुँदे मागसहित तालाबन्दी गरिएको हो।

उनीहरुले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा अनियमितता भएको, कोभिड– १९ लक्षित नगद हस्तान्तरणमा हेलचक्राई गरिएको र विभिन्न शीर्षकमा, बाख्रा वितरण र कृषि अनुदानमा अनियमितता गरेको लगायतका आरोप लगाएका छन्।

यता संवादबाट सहमति निस्कने विकल्प हुँदा हुँदै स्थानीय अराजक रुपमा प्रस्तुत भएको भन्दै अध्यक्ष तिर्थबहादुर श्रेष्ठले दुस्ख व्यक्त गरे। स्थानीयले राखेका माग वार्ता मार्फत् समाधान निकाल्न आफू तयार रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ। माग पूरा गर्ने नाममा वडा कार्यालयमा टेबुल ठोक्ने र प्रतिनिधिमाथि अपशव्द प्रयोग भएको भन्दै उनले दुःख व्यक्त गरे।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष