सिजा क्षेत्रका बजारबाट ६० हजार बाराबरको अखाद्य वस्तु नष्ट 

सिजा क्षेत्रका बजारबाट ६० हजार बाराबरको अखाद्य वस्तु नष्ट 
+
-

जुम्ला –  जुम्लाका  सहायक प्रमुख जिल्ला अधिकारी प्रर्मिला रिजालको  नेतृत्वमा  बुधबार गएको अनुगमन टाेलीले बरामद गरेकाे ६० हजार रूपैयाँ बराबरको  अखाद्य वस्तु नष्ट गरेकाे छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाका अनुसार जिल्ला सदरमुकामदेखि टाढा रहेका बजारमा अखाध्य वस्तु बिक्री भइरहेकाे गुनासाे आएपछि अनुगमन गरिएकाे हाे। साे क्रममा पसलहरूमा म्याद सकिएका समानहरू फेला परेका हुन्।

अनुगमन टाेलीले जुम्लाको सिंजा क्षेत्रमा पर्ने कनकासुन्दरी गाउँपालिकास्थित गोठीज्यूलाका १४ वटा पसलबाट म्याद सकिएका सामान बरामदपछि नष्ट गरेको हाे । कर्णाली राजमार्ग अन्तर्गत नाग्म गमगढी राजमार्गमा पर्ने गोटीज्युला बजारमा प्रहरी प्रशासन, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्ला, कनकासुन्दरी गाउँपालिका जनप्रतिनिधि र पत्रकारको छड्के अनुगमन गर्दा म्याद नाघेका अखाद्य वस्तु तथा सामान ठुलो मात्रामा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी  रिजालले बताइन्। उनले भनिन्, ‘व्यवसायीले तीन वर्षदेखि म्याद नाघेका खुद्रा सामग्री बेचिरहेका रहेछन्।’ उनले उपभोक्तालाई पनि सचेत हुन आग्रह गरेका छन्।

अनुगमन टाेलीले गोटिज्यूला बजारका खुद्रा पसलबाट म्याद नाघेका चाउचाउ, बिस्कुट, चक्लेट, पेय पदार्थलगायत बरादम गरी नष्ट गरेकाे हो। ‘चाउचाउ मात्रै ५८  कार्टुन नष्ट गरिएकाे छ।’ खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाका प्राविधिक साहयक भरत रोकायाले भने। उनका अनुसार बालबालिकाले प्रयोग गर्ने मिठाई समेत म्याद नाघेका फेला परेका छन्।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष