उमा रेग्मीलाई तीन पद : मन्त्री, कांग्रेस केन्द्रीय सदस्य र महिला संघको अध्यक्ष

उमा रेग्मीलाई तीन पद : मन्त्री, कांग्रेस केन्द्रीय सदस्य र महिला संघको अध्यक्ष
+
-

काठमाडौँ – नेपाली कांग्रेसको भ्रातृसंघ महिला संघको अध्यक्ष पद रिक्त भएको चार महिना हुँदासमेत नेतृत्व चयनतर्फ पार्टीको ध्यान जान सकेको छैन। संघकी अध्यक्ष उमा रेग्मी वर्तमान सरकारमा मन्त्री बनेपछि संघ नेतृत्वविहीन छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत असोजमा रेग्मीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त गरेका थिए। उनी २९ भदौ २०७३ मा महिला संघको अध्यक्ष निर्वाचित भएकी थिइन्। संघकी अध्यक्ष रेग्मी मन्त्रीका साथै कांग्रेस केन्द्रीय सदस्यसमेत हुन्।

हालै उनलाई कांग्रेस सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समिति सदस्य मनोनीत गरेका थिए। मन्त्री, पार्टीको केन्द्रीय सदस्य र महिला संघको अध्यक्ष गरी तीनवटा पद पाउने रेग्मी कांग्रेसमा भाग्यशाली नेतृ हुन्।

महिला संघको एक कार्यकाल चार वर्षको हुने विधानको व्यवस्थाअनुसार रेग्मीको समयावधि अघिल्लो वर्ष नै सकिएको थियो। तर पार्टीले समय थप गर्दै आएको छ।

विधानमा भ्रातृसंघको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित भए वा मनोनीत भएमा भ्रातृसंघको पद रिक्त हुने व्यवस्था छ। महिला संघकी निवर्तमान अध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले छिटो अधिवेशन गराउने वातावरण बनाएर महिला संघलाई चलायमान र गतिशील बनाउन नेतृत्वलाई आग्रह गरेकी छन्। महिला संघकी नेतृ मालती सोडारी कोभिडको कारण देखाउँदै नेतृत्वले अधिवेशन गर्न नसक्नु लज्जास्पद भएको बताउँछिन्।

कांग्रेसको १४औँ महाधिवेशनमा महिला संघसहित पाँच भ्रातृसंगठनका प्रमुख केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उक्त पदहरू रिक्त भएका हुन्। महिला संघकी अध्यक्ष रेग्मी, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तार र दलित संघका मीन विश्वकर्मा पार्टीको केन्द्रीय सदस्य बनेका छन्।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष