ब्रिटिस काउन्सिलद्वारा सिटिइभिटीलाई ९ वटा बस प्रदान

ब्रिटिस काउन्सिलद्वारा सिटिइभिटीलाई ९ वटा बस प्रदान
+
-

काठमाडौँ – ब्रिटिस काउन्सिल नेपालले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लाई ९ वटा बस प्रदान गरेको छ।

दक्षता परियोजनाका टोली प्रमुख एरिक विन्तर–स्मितले शुक्रबार औपचारिक रूपमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का सदस्य–सचिव जीवनारायण काफ्लेलाई ९ वटा बस हस्तान्तरण गरेका छन्।

यी बस सीप विकासमा रोजगारदाताको सहभागितालाई प्रोत्साहन परियोजना (एसइइसीइएस) ले सहयोग गरिरहेका ९ वटा बस सिटिइभिटीमा पहुँच बढाउने प्रयासअन्तर्गत प्रदान गरिएका हुन्।

यी बसले सिटिइभिटीका विद्यार्थीलाई तालिममा उपस्थित हुन सुरक्षित र भरपर्दो यातायातका साधन प्रदान हुनेछन् र विद्यार्थी तथा शिक्षकलाई बाह्य भ्रमण गरेर स्थानीय व्यापार र रोजगारदातासँग अन्तरक्रिया गर्न पनि सहयोग पुग्नेछ।

सीपको तालिमले स्थानीय रोजगार बजारको माग पूरा गर्ने सुनिश्चित गरेर, रोजगारीका लागि विद्यार्थीको योग्यता र सम्भावना बढाउँदै, सिटिइभिटी विद्यालय र स्थानीय व्यापार र उद्योगबीच अझ नजिकको सम्बन्ध बढाउनु एसइइसीएस परियोजनाको प्रमुख उद्देश्य रहेको छ।

‘सवारीसाधनको व्यवस्था यी ९ विद्यालयमा पहुँच बढाउने व्यावहारिक माध्यमको एउटा प्रतिनिधि हो, यससँगै विद्यार्थीलाई तालिम लिन सघाउन अरु पनि कदम चालिएका छन्’, सदस्य–सचिव जीव काफ्लेले परियोजनालाई धन्यवाद दिँदै भने, ‘श्रम बजारसँग सम्बन्धित सीपको तालिम पाउनमा रहेका भौतिक अवरोधलाई सम्बोधन गर्न यी बसले सघाउनेछ।’

ब्रिटिस काउन्सिल नेपालकी राष्ट्रिय निर्देशक शहिदा म्याकडुगलले भनिन्, ‘विद्यार्थी र शिक्षक दुवैका लागि पहुँच र समावेशीतामा वृद्धि गर्ने सिटिइभिटीका विद्यालयसँगको हाम्रो साझेदारीप्रति हामी गौरवान्वित छौँ। पहुँच र समावेशीतामा दिगोपनाका महत्वपूर्ण अंश हुन्। यो पहलले फाइदा पुर्‍याउने तथा स्थानीय समुदाय र व्यवसायमा थप रोजगार र आर्थिक अवसर सिर्जना गर्ने हामीले अपेक्षा गरेका छौँ।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष