राहदानी विभागको अनलाइन फर्म किर्ते गरेको आरोपमा तीन जना पक्राउ

राहदानी विभागको अनलाइन फर्म किर्ते गरेको आरोपमा तीन जना पक्राउ
+
-

काठमाडौँ – राहदानी विभागको अनलाइन फर्म किर्ते गरेको आरोपमा महानगरीय प्रहरी परिसरले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जुगल गाउँपालिका-७ सिन्धुपाल्चोक घर भई काठमाडौंको सोल्टिमोड बस्ने ३५ वर्षीय दिनेश तामाङ, लमजुङ बेसीसहर गाउँपालिका-११ घर भई टोखा बस्दै आएका ४० वर्षीय नविनकुमार श्रेष्ठ र वीरेन्द्रनगर नगरपालिका-१२ सुर्खेत बस्‍ने ३६ वर्षीय यम बहादुर थापा मगर रहेका छन्।

त्रिपुरेश्‍वरस्थित राहदानी विभागको हाता बाहिर राहदानीको अनलाइन फर्मको किर्ते गरी सेवाग्राहीहरुबाट रकम असुल उपर गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट प्रहरी टोली परिचालित भई खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट प्रहरीले कम्‍युटर, ल्‍यापटप र प्रिन्टर एक/एक वटा तथा ४० हजार नगद र ५० थान कीर्ते गरिएका कागजपत्र बरामद गरेको छ।

पक्राउ परेका उनीहरुमाथि ‘कीर्ते गर्न नहुने’ कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको अनुमति लिइ थप अनुसन्धान भइरहेको। महानगरीय प्रहरी परिसर काठमाडौं जनाएको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष