उदयपुरमा हिमपातसँगै जनजीवन प्रभावित

उदयपुरमा हिमपातसँगै जनजीवन प्रभावित
+
-

उदयपुर – पश्चिमी न्यूनचापीय प्रणाली (वेस्ट्रन्ली डिस्ट्रबेन्स) को शक्तिशाली प्रभावका कारण भारी वर्षासँगै उदयपुरको उत्तरी भेगमा दशकैपछि बाक्लो हिमपात भएको छ। बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको पानीसँगै हिमपात भएको हो। हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ।

उदयपुरको उच्च पहाडी क्षेत्रमा हिउँ परेपछि नजिकको तराई फाटदेखि पहाडी भेगमा चिसो बढेको हो। उदयपुरकै सबैभन्दा अग्लो स्थान रौतामाई गाउँपालिका-१ माझखर्क चित्रेथाम, दोबाटेमा बाक्लो हिमपात भई रहेको स्थानीयवासी सरोज थापा मगरले बताए। उनका अनुसार सामान्य हावाहुरीसँगै हिमपात एकै पटक परेपछि त्यहाँस्थित स्थानीय सर्वसाधरण घरबाट बाहिर निस्कन तथा आवतजावतमा समस्या भएको बताए।

समुन्द्र सतहदेखि २ हजार ३ सय १० मिटर उचाइमा रहेको चित्रेथानमा दशक यताकै सबैभन्दा बढी बाक्लो हिमपात भएको बताएका छन्। रौतामाई गाउँपालिका वडा नम्बर १ नामेटारको चित्रेथानमा हिउँ परेपछि हिउँ खेल्न विभिन्न स्थानबाट सर्वसाधारण आउने क्रम जारी रहेको मगरले बताए।

हिउँमा खेल्दै गरेको र हिमपात भइरहेको भिडियो र तस्बिरसमेत टिकटक र फेसबुकलगायतका सामाजिक सञ्जालमा राखेका छन्। चित्रेथान उदयपुरको एक मात्र हिउँ पर्ने ठाउँ हो। हिमपातले यहाँको जनजीवन प्रभावित तुल्याएको छ। मार्भखर्क, चित्रेथाम, दोबाटेमा हिमपात हुँदा चिसोका कारण जनजीवन कठ्याङ्ग्रिन थालेपछि अत्यावश्यक काम बाहेक घरबाट बाहिर नजान पालिकाले आग्रह गरेको छ। हिमपातले वृद्धवृद्धा र बालबालिकालाई तातोमा राख्न, पोसिला र ताता झोल कुरा खुवाउन तथा घरभित्रका कोठामा आगो ताप्दा झ्याल ढोका खोल्न समेत अनुरोध गरिएको छ।

समुद्री सतहबाट एक हजार सात सय मिटरभन्दा माथिका भागमा हिउँ परेपछि चौँरी गाई, भेंडाबाख्रा लगायत चौपायाको आहारामा सङ्कट परेको छ। हिमपातको असरले गाउँ-समाजमा कुनै समस्या आएमा तुरुन्तै प्रहरीलाई खबर गर्न भनिएको छ। वर्षासँगै भारी हिमपात चित्रे, माझखर्क, रौता, नामेटार लगायतका उच्च भूभागमा हिउँ परेको हो।

हिउँले चित्रे, माझखर्क, रौता, नामेटार लगायतका उच्च भूभागमा आसपासका क्षेत्र, बस्ती पुरै सेताम्मे बनेका छन्। भारी हिमपातका कारण उच्च क्षेत्रमा पर्ने नामेटार, चित्रेथार र रौताको जनजीवन प्रभावित बनेको छ। वर्षासँगै परेको हिमपातको कारण बढेको अत्यधिक चिसोले स्थानीयलाई घर बाहिर निस्कन समस्या परेको नामेटारका स्थानीय बासिन्दा कृपासुर तामाङले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष