हिमपातले हुम्लामा खोप अभियान प्रभावित

हिमपातले हुम्लामा खोप अभियान प्रभावित
+
-

सिमकोट – दुई दिन लगातार भएको हिमपात रोकिएर घाम लागे पनि कोरोना विरुद्धको खोप अभियान तीन दिनदेखि प्रभावित भएको छ।
हिमपातका कारण खोप लगाउन नसकिने र सेवाग्राही पनि खोप केन्द्रमा नआएपछि अभियान बन्द भएको हो।

दोस्रो मात्राको खोप लगाउने तयारी गरेका स्थानीय कृष्ण रोकायाले बाटो चिप्लो भएकाले जान नसकेको बताए। उनले हिउँ पर्न रोकिए पनि अत्यधिक चिसो बढेको र बाटो चिप्लो भएकाले खोप लगाउन स्वास्थ्य सेवा कार्यालयमा जान नसकेको बताए।

सिमकोट गाउँपालिका–१ को दोजाम आधारभूत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मी रत्न बोहराले तीन दिनदेखि खोप लगाउने कार्य बन्द भएको जानकारी दिए।

चिसोले गर्दा खोप केन्द्रमा स्वास्थ्यकर्मी उपस्थित भए पनि सेवाग्राही कोही पनि नआएकाले खोप अभियान प्रभावित भएको हो।
दैनिक डेढ सय सेवाग्राही उक्त खोप केन्द्रमा खोप लगाउन आउने गरेको उनले बताए।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले हिमपातले गर्दा तीन दिनयता जिल्लाभरि कोरोना विरुद्धको खोप लगाउने कार्य प्रभावित भएको बताए।

जिल्ला अस्पतालमा समेत तीन दिनदेखि खोप लगाउन कुनै पनि सेवाग्राही नआएको उनले बताए।
जिल्लाका सात वटै गाउँपालिकाका ८१ वटा खोप केन्द्रमा खोपसहित स्वास्थ्यकर्मी पुगेर अभियान सञ्चालन गरे पनि हिमपातले उक्त कार्य बन्द भएको बताए।

यस कार्यका लागि दुई सयभन्दा बढी स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन्। उनले चिसोले तापक्रम माइनस पुगेका कारण खोप लगाउने कार्य प्रभावित भएको बताए।

यतिखेर जिल्लाभर बालबालिकाका लागि मोडर्ना खोपको दोस्रो मात्रा, बुस्टर खोप र अन्य पहिलो र दोस्रो मात्राको खोप लगाउने कार्य जारी थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष