
देश सञ्चार
माघ २३, २०७८
अ
+
अ
अ
-
सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका ७ माथिल्लो चिम्लिङमा अन्धाधुन्ध खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ।
चिम्लिङका विजय तामाङले मादक पदार्थ सेवन गरी सोही ठाउँका ७० वर्षका बासु माया तामाङ र ५९ वर्षका सन्त वीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ।
हत्यापछि फरार भएका छन्। फरार तामाङको खोजीकार्य जारी रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

