एमसिसी प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गोप्यपत्र बाहिरिएपछि राजनीति फेरि एउटा घिनलाग्दो विवादमा तानिएको छ। प्रधानमन्त्रीकै तहबाट एउटा दातृ निकायलाई गोप्य पत्र लेख्नु आफैँमा संसदीय मर्यादा विपरीत हो।
नेपालका नेताहरुले पटकपटक स्वेच्छाचारी हिसाबले विदेशी शक्तिहरुलाई रिझाउने प्रयास गर्ने तर संसदलगायत जनप्रतिनिधि संस्थाहरुलाई त्यो प्रक्रियाबाट बाहिर राख्ने काम गरेर आफ्नो स्वार्थलाई राष्ट्रिय स्वार्थ र सम्प्रभुभन्दा माथि राखेको नयाँ उदाहरणका रुपमा यो प्रकरण आएको छ।