सत्ता गठबन्धनसँग एमाले एक्लै प्रतिस्पर्धा गर्न तयार : विश्वकर्मा

सत्ता गठबन्धनसँग एमाले एक्लै प्रतिस्पर्धा गर्न तयार : विश्वकर्मा
+
-

बुटवल – नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सत्ता गठबन्धनसँग एमाले एक्लै प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन्।

एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने डरले पाँचदलीय गठबन्धनका नेताले गठबन्धनलाई चुनावसम्मै लैजाने कुरा गरिरहेको भन्दै उनले आफ्नो दल एक्लै निर्वाचन लड्न तयार रहेको बताए।

एमाले तिलोत्तमा नगर कमिटीद्वारा सोमबार शंकरनगरमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सचिव विश्वकर्माले यस्तो बताएका हुन्। ‘एमाले कुनै शक्तिसँग झुक्दैन, आगामी निर्वाचनमा जुनसुकै गठबन्धन गरेर आए पनि एमाले एमाले एक्लै प्रतिस्पर्धा गर्न तयार छ,’ उनले भने।

विश्वकर्माले एमाले नै मुलुक र जनताको आशा तथा भरोसाको केन्द्र बनेको भन्दै अहिलेको सरकार केन्द्र वा प्रदेश कतै पनि देखिन छाडेको बताए। ‘सरकार छ कि छैन भन्ने कुराको जनतालाई वास्ता छैन र सरकारप्रति आम विश्वास पनि छैन,’ विश्वकर्माले भने।

उनले एमसिसीबारे दोहोरो कुरा गरेर सत्तारुढ दलका नेताले जनतामा भ्रम फैलाउने काम गरेको पनि आरोप लगाए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकातिर एमसिसीमा सहमति जनाउँदै अमेरिकालाई पत्र लेख्ने अर्कोतिर जनतामा आफूलाई एमसिसी विरोधी देखाएर दोहोरो चरित्र प्रदर्शन गरेको उनको टिप्पणी छ।

कार्यक्रममा बोल्दै एमाले पोलिटब्यूरो सदस्य लीला गिरीले पार्टीमा योगदान र क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने बताए। पार्टीमा कसैलाई काखापाखा वा भेदभाव नगरिने पनि  गिरीले बताए।

अर्का पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले देशव्यापीरुपमा एमालेप्रतिको आकर्षण बढेको  भन्दै अहिले सबैतिर पार्टी प्रवेशको लहर चलिरहेको उल्लेख गरे। आफ्नो दलमा प्रवेश गर्नेहरूलाई नयाँ र पुरानोको आधारमा भेदभाव नगरिने,  कामको आधारमा मूल्यांकन तथा जिम्मेवारी प्रदान गरिने न्यौपानेले बताए।

त्यस अवसरमा न्यू सिर्जना युवा क्लबका अध्यक्ष लप्सन गुरुङसहित करिब एक सय जना युवालाई एमाले सचिव विश्वकर्मासहितका नेताहरूले पार्टी प्रवेश गराउँदै स्वागत गरेका थिए।

एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामानाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा  जिल्ला अध्यक्ष तेजेन्द्र केसी, तिलोत्तमा नगर उपाध्यक्ष नेत्रलाल बन, सचिव मीनप्रसाद पोखरेल, नवप्रवेशी लप्सन गुरुङलगायतले आआफ्नो धारणा राखेका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष