पूर्वकोषाध्यक्ष पौडेलले पनि त्यागे राप्रपा, भन्छन्- दु:खी र भावुक छु

पूर्वकोषाध्यक्ष पौडेलले पनि त्यागे राप्रपा, भन्छन्- दु:खी र भावुक छु
+
-

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वकोषाध्यक्ष उद्धव पौडेलले पार्टी परित्यागको घोषणा गरेका छन्। पूर्व अध्यक्ष कमल थापाले राप्रपा परित्याग गरेको भोलिपल्ट पौडेलले पनि पार्टी छाडेका हुन्।

उनले आफूले राप्रपालाई एकताद्ध बनाउन प्रयास गरेको भए पनि सफल हुन नसकेकोमा दु:खी र भावुक भएको उल्लेख गरेका छन्।

समाजिक सञ्जालमा पौडेलले लेखेका छन्, ‘राप्रपालाई एकताबद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ। असफल विद्यार्थीको रुपमा अत्यन्तै दुखी र भावुक छु। राप्रपामा बस्दाको पल सदैब अबिष्मरणिय रहेछ। आजै देखि राप्रपासङ्गको संलग्नता अन्त्य गरेको छु। सबैलाई शुभकामना सहित धन्यवाद ब्यक्त गर्दै बिदा हुन्छु। जय होस् !’

अध्यक्ष हुँदा थापाले पौडेललाई राप्रपाको कोषाध्यक्षमा नियुक्त गरेका थिए। तर महाधिवेशनमा जित हात पारेका राजेन्द्र लिङ्गदेनले चुनावी प्रतिस्पर्धा नगरेका पौडेललाई कार्यसमितिमा मनोनियत गरेका थिएनन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष