एसईई गर्ने जिम्मा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण गरिँदै

एसईई गर्ने जिम्मा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण गरिँदै
+
-

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई गर्ने जिम्मा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण गरिरहेको बताएका छन्।

शिक्षा पत्रकार नेपाल(इजोन)ले बिहीबार काठमाडौंमा आयोजना गरेको परीक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष शर्माले एसईई गर्ने जिम्मा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण गरिरहेको बताए। उनले ऐनमा व्यवस्था नभई सबै कुरा प्रदेश सरकारलाई दिन कानुनतः अप्ठ्यारो भएको उल्लेख गर्दै सरकारले प्रदेशलाई अधिकार दिने कानुन पारित गरे प्रदेश सरकारले नै एसईई लिने बताए।

अध्यक्ष शर्माले अबको परीक्षाको उत्तरपुस्तिका प्रदेश सरकारले जिल्ला र केन्द्रका कुरालाई समन्वय गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, परीक्षणपछि टेबुलेसन गर्ने, परीक्षण गराउने र नतिजा प्रकाशनका लागि राष्ट्रिय परीक्षा बोर्डमा पठाउने काम गर्ने बताए।

उहाँले प्रदेश सरकारले सो अधिकार पाए प्रदेशले उत्तरपुस्तिका परीक्षण गरिसकेपछि आफ्नो समयानुसार नतिजा प्रकाशन गर्नसक्ने पनि बताए।

अध्यक्ष शर्माले भने, ‘अब फागुन १ गतेदेखि राम्रोसँग विद्यालय र कलेज व्यवस्थित भएर सञ्चालन भएमा फागुन र चैत दुई महिना पढिसकेपछि लगभग ८० प्रतिशत पठनपाठन सम्पन्न भएको हुनाले वैशाखमा परीक्षा गर्न सकिने अवस्था सिर्जना हुन्छ। वैशाख अन्तिममा चुनाव भएकाले पनि चैतभरि पठनपाठन भएपछि वैशाख दोस्रो साता परीक्षा हुन उपयुक्त छ भनेर सबैले सुझाव दिएकाले वैशाख ९ गतेबाट एसईई गर्ने भन्ने कुरा भएको हो। अर्को कुरा कक्षा १० को परीक्षाको सन्दर्भमा स्थानीय तहबाट दिने भन्ने कुरा विगतमा पनि आएका थिए, त्यो भनेको कक्षा १० को परीक्षा प्रादेशिक स्तरबाट लिने भन्ने हो।’

यस विषयमा प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिवसमेतको उपस्थितिमा हरेक प्रदेशस्तरका व्यक्तित्वसँग छलफल गरेको उनले बताए।

उनले भने, ‘अहिले हामी अबको परिस्थितिमा प्रदेश स्तरबाटै सम्पूर्ण हिसाबबाट अहिलेसम्मको राष्ट्रिय परीक्षा बोर्डको समन्वयमा कानुनमा व्यवस्था नगरी, ऐनमा व्यवस्था नभई सबै कुरा प्रदेश सरकारलाई दिन अप्ठ्यारो छ। हामीले कसरी कक्षा १० को परीक्षा प्रादेशिक स्तरबाट सञ्चालन गर्न सकिन्छ, प्रदेशले जिम्मेवारी लिन सक्छ भन्ने लाइनमा वर्कआउट गर्न नीतिगत रुपमा र नियममा के परिवर्तन गर्न सकिन्छ भन्ने हिसाबबाट त्यो प्रक्रियालाई अघि बढाएका छौँ।’

उनका अनुसार प्रदेशले पनि राष्ट्रिय परीक्षा बोर्डको निर्देशनअनुसार काम गर्न तयार रहेको बताएको छ। प्रदेश सरकारले परीक्षा सञ्चालन भइसकेपछि अबको उत्तरपुस्तिका जिल्लामा पठाउने, केन्द्रका कुरालाई समन्वय गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, परीक्षणपछि टेबुलेसन गर्ने, परीक्षण गराउने र नतिजा प्रकाशन गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डमा पठाउने काम गर्नेछ। विगतमा स्थानीय तहमा विद्यालयले आन्तरिक मूल्यांकनको कुरा थियो, यसपटक आन्तरिक मूल्यांकनको कुरा मात्रै नभएर प्रदेशस्तरबाट सबै कुरा गरेर राष्ट्रिय परीक्षा बोर्डलाइ सर्टिफिकेसन गर्ने अधिकार राष्ट्रिय परीक्षा बोर्डसँगै छ।

कानुनले व्यवस्था नगरेसम्म त्यो अधिकार अहिले प्रदेशलाई दिन सक्ने अथोरिटी नभएको उनले बताए। त्यस किसिमको व्यवस्था भएपछि एकैपटक नतिजा सार्वजनिक नगरी प्रदेशले आफ्नो तरिकाले प्रकाशन गर्न सक्ने उनको भनाइ छ।

उनले भने, ‘कानुनतः निर्णय भएर नआएसम्म हामीले बोलेका छैनौँ। अभिभावक र विद्यार्थीलाई परीक्षा कहिले भन्ने दोधार र चिन्तामा नराख्नका लागि परीक्षाको तालिका सार्वजनिक गरिएको हो।’

अध्यक्ष शर्माले यस पटकको एसईईमा २ हजार वटा केन्द्र रहने र ११ हजार बढी विद्यालयले भाग लिने जानकारी दिए। बोर्डले करिब ५ लाख विद्यार्थी यस पटकको एसईईमा उपस्थित हुन सक्ने अनुमान गरेको बताए। अध्यक्ष शर्माले कक्षा १२ को परीक्षाको समयतालिका पनि केही दिनभित्रै सार्वजनिक गर्ने बोर्डको तयारी रहेको बताए।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष