यस्ता छन् स्थानीय तह निर्वाचन अघि एमालेले गर्ने चार काम 

यस्ता छन् स्थानीय तह निर्वाचन अघि एमालेले गर्ने चार काम 
+
-

काठमाडौँ –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन अघि आफ्नो पार्टीको ध्यान चार वटा विषयमा केन्द्रीत हुने बताएका छन्।

शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले एमालेले अब चार विषयमा ध्यान केन्द्रीत गर्ने बताएका हुन्।

ओलीका अनुसार एमालेले ध्यान दिने चार विषयमा पहिलो छ– तोकिएकै मितिमा निर्वाचन गराउने।

एमालेले २०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा गराउनमा पनि विशेष ध्यान दिने उनले बताए।

एमालेको तेस्रो ध्यान जनतलाई भ्रममा पार्ने, अन्योलमा पार्ने परमादेशवादीका प्रयास असफल पार्नेतर्फ जाने अध्यक्ष ओलीले बताए।

एमालेले स्थानीय तहका परिणामलाई देशभत्ति, लोकतन्त्र र संविधानको वास्तविक कार्यन्वयनको पक्षमा पार्न पनि विशेष ध्यान दिने उनले उनले जनाए।

‘यी काममा हामी अघि बढ्छौ र यिनै विषयलाई लिएर हामी प्रशिक्षण कार्यक्रमरु संञ्चालन गर्छौं। जसमा केन्द्रिय निर्वाचन विभाग, स्थानीय तह विभाग र पार्टी स्कुल विभागले संयुक्त रुपमा आफ्ना विषयमा केन्द्रित भएर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछन्,’ अध्यक्ष ओलीले भने।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष