
काठमाडौँ – स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा शुक्रबार ३२९ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौँमा २०३, भक्तपुरमा १७ र ललितपुरमा ४५ जना संक्रमित थपिएका हुन्।
यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८७८ पुगेको छ।
शुक्रबार २ हजार २१५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर २७ हजार ४ सय ४१ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा १७ हजार ४४७ पीसीआर तथा ३ हजार ५ सय ४२ एन्टिजेन परीक्षण भएको छ।