अतिक्रमित सरकारी सम्पत्ति फिर्ता ल्याउन नसके एक सेकेन्ड पनि मन्त्री पदमा बस्दिनँः आले

अतिक्रमित सरकारी सम्पत्ति फिर्ता ल्याउन नसके एक सेकेन्ड पनि मन्त्री पदमा बस्दिनँः आले
+
-

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयअन्तर्गत अतिक्रमणमा परेका राज्यको सम्पत्ति फिर्ता ल्याउन नसके आफू एक सेकेन्ड पनि मन्त्री पदमा नबस्ने बताएका छन्।

पर्यटन मन्त्रालयमा शुक्रबार आयोजित दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले मातहतका अतिक्रमित सरकारी सम्पत्ति फिर्ता गर्न नसके आफू एक सेकेन्ड पनि पदमा नबस्ने बताए।

राज्यको दोहन भएको सम्पत्ति फिर्ता ल्याउनु आफ्नो कर्तव्य भएको उनले बताए। विगतदेखि नै सरकारी जग्गामा अतिक्रमण भइराखेको भए पनि सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको भन्दै आफूले फिर्ता गराएरै छाड्ने उनले बताए। पदमा बसुन्जेल इमान्दारपूर्वक देशका लागि काम गर्ने मन्त्री आलेले प्रतिबद्धता व्यक्त गरे।

उनले सरकारी नियुक्ति पाएका कर्मचारीले अन्य व्यक्तिसँग बसेर सेटिङ गरेको भेटिए सह्य नहुने चेतावनी दिए।

उनले भने, ‘नारायणहिटी दरबार संग्रहालयको कुरा भो, धर्मशालाको कुरा भयो। मैले भनेको छु साथीहरूलाई पब्लिकको कोर्टमा यो बल गएको छ। यदि, यो सम्पत्ति हामीले रिटर्न ल्याउन सकेनौँ भने म एक सेकेन्ड त्यहाँ बस्नेवाला छैन। मलाई त्यो नैतिकता पनि छैन। म बस्न पनि सक्दिनँ। राज्यको सम्पत्ति दोहन भएको छ त्यो फिर्ता ल्याउने कर्तव्य मेरो हो। सचिवको हो।’

गोठाटारमा सयौँ टहरा बनेर अतिक्रमण भइरहेको उनले बताए। उनले भने, ‘विगतदेखि हामी टुलुटुलु हेरेर बसेका छौँ। पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गर्न पाइन्छ? खोइ त ध्यान गएको त्यहाँ? त्यसको लागि सचिव महेश्वर न्यौपाने नै चाहिने? प्रेम आले नै चाहिने? विगतदेखि सिस्टम बिग्रेको अवस्था मैले देखेको छु। हामी जति दिन बस्छौँ, देशका लागि काम गर्छांै। राष्ट्रका लागि काम गर्छौं। इमान्दारीसाथ काम गर्छौँ।’

कार्यालयमा नियुक्ति पाएका साथीहरूबाट विभिन्न अर्को मान्छेसँग बसेर सेटिङ गर्ने काम भयो भने यो सह्य नहुने उनले बताए। नेपालका क्यासिनोले मन्त्रीसँग सेटिङ गरेर कर नतिर्ने गरेको भन्दै उनले अहिले मन्त्रालय कर उठाउन लागेको बताए।

आफूले राम्रो काम गरिरहे पनि केही मिडिया भने आफ्नोविरुद्ध लागेको भन्दै उनले गलत समाचारमा विश्वास नगर्न आग्रह गरे। उनले मन्त्रालयमा परिवर्तन देखिने गरी काम गर्न निर्देशन पनि दिए।

मन्त्री आलेले भने, ‘अहिले अर्थतन्त्र एकदम धराशयी भएका बेला कम्तीमा क्यासिनोमा अर्बौं रुपैयाँ राज्यले उठाउनुपर्ने छ तर उसले तिर्दैन। जुनसुकै मन्त्री आउँदा पनि यसो अलिअलि ट्याकटुक, ट्याकटुक मिलायो अनि त्यसपछि त्यत्तिकै बेरुजु, बेरुजु हुँदै जाने, महालेखाको मिटिङमा हामी जाँदा, लेखा समितिले बोलाउँदा त्यहाँ शिर निहुर्‍याउनुपर्छ। किनकि बेरुजु छ। हामीले असुल गर्न सकेका छैनौँ।’

यी सबै बेरुजु असुल गर्न मन्त्रालयका सचिव, विभागका महानिर्देशकलगायतको टिमले सहयोग गरेको हुनाले अहिलेसम्म सफल भएको उनको भनाइ छ।

उनले भने, ‘कहिलेकाहीँ त विभिन्न मिडियामा, अनलाइनमा ती खरिदिएका अनलाइन, दश हजार, बीस हजारमा बिक्ने अनलाइनले विभिन्न मिडियामा दिग्भ्रमित समाचार सम्प्रेषण गर्छन्। त्यो सत्यता होइन। हामी जे गरिराखेका छौँ देशका लागि गरिराखेका छौँ। र, आफ्नो दायित्व हामीले पूरा गरिराखेका छौँ। राष्ट्रका लागि केही गरौँ। हामी सधैँ हुने त होइन, जति समय हामी हुन्छौँ गरौँ न देशको लागि। एउटा परिवर्तन ल्याऊँ न हामी।’

मन्त्री आलेले पुँजीगत खर्च वृद्धि गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताए। पर्यटन मन्त्रालयको पुँजीगत खर्च न्यून छ भनेर शिर निहु¥याउनुपर्ने अवस्था आउन नदिने गरी काम गर्न उनले निर्देशन दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष