
महोत्तरी – लागुऔषध कारोवार गरेको आरोपमा महोत्तरीबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका-११ वस्ने ३९ वर्षीय बलिराम भण्डारी, सर्लाही मलङगवा-९ वस्ने २२ वर्षीय मुकेश साह र सर्लाही रामनगर-४ वस्ने २१ वर्षीय अरुण कुमार दास छन्।
लागुऔषध कारोवार गर्दै गरेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दिबासवाट खटिएको प्रहरीले देउराली माद्यामिक विद्यालय नजिकैको बर्दिबास जङ्गलबाट चारै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख वीरेन्द्र थापाले जानकारी दिए।
उनीहरूको साथबाट प्रतिबन्धित लागुऔषध डिआइजेपाम इन्जेक्सन ३५ एम्पुल, प्रोमोथाजिन हाइड्रोचोलोराइड इन्जेक्सन ३५ एम्पुल र खुल्ला अवस्थामा राखिएको लेबलिङ्ग नभएको एम्पुल ३५ थान गरी १ सय ५ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ।