अख्तियारद्वारा मृत्यु भइसकेका व्यक्तिसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, एक करोड ३५ लाख बिगो दाबी 

अख्तियारद्वारा मृत्यु भइसकेका व्यक्तिसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, एक करोड ३५ लाख बिगो दाबी 
+
-

काठमाडौँ  – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विशेष अदालत काठमाडौंमा आज अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो।

अख्तियारले मुद्दा दायर गरेका अन्य दुई जनामा बिष्णुकान्तका छोरा नविन कुमार मिश्र र ग्याल्जेन एण्ड तामाङ्ग प्रा.लि. र रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेन छन्।

वन अधिकृत मिश्रले रक्तचन्दनको ठेक्का मिलाई दिन्छु भनी घुस लिई फरार भएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धान हुँदा वन अधिकृत मिश्रले रक्त चन्दनको ठेक्का मिलाई दिन्छु भनी सेवाग्राहीबाट ७० लाख रुपैयाँ लिएको पुष्टि हुन आएको अख्तियारद्वारा आज जारी विज्ञप्ति उल्लेख छ। उनीविरुद्ध ७० लाख रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिएको छ।

वन अधिकृत मिश्रको छोरा नविनले वुवाले घुस बापत लिएको रकममध्ये ४० लाख रुपैयाँ आफ्नो बैंक खातामा राखी भ्रष्टार गर्न सहयोग गरेको अख्तियारले जनाएको छ। नविनसँग ४० लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

वन अधिकृत मिश्रलाई घुस उपलब्ध गराई मिलेमतो गर्ने ग्याल्जेन एण्ड तामाङ्ग प्रा.लि. र रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेनले २५ लाख रुपैयाँ बुझेको अनुसन्धानका क्रममा खुलेको अख्तियारले बताएको छ।

ग्लाल्जेनको मृत्यु भइसकेको भएपनि उनीविरुद्ध दायर मुद्दामा २५ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष