
काठमाडौँ – साताको अन्तिम दिनको कारोबारमा सेयर बजारमापक नेप्से परिसूचक तल झरेको छ।
बिहीबार कारोबारको सुरुदेखि उतारचढावबीच नेप्से परिसूचक कारोबारको अन्त्यमा आएर नेप्से १.९४ अंक घटेर २ हजार ७३२.५१ विन्दुमा झरेको छ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.०२ अंक घटेको छ भने फ्लोट इन्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१९ अंक घटेको छ।
बिहीबार कारोबारमा आएका २२७ कम्पनीको ४० लाख १७ हजार कित्ता सेयर २ अर्ब २७ करोड ८१ लाख ७३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबारको तुलनामा बिहीबार कारोबार रकमसमेत गिरावट आएको छ। बुधबार ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो।
नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। जसमा व्यापार, जलविद्युत्, उत्पादन तथा प्रशोधन, अन्य उपसमूहको परिसूचक बढेको छ भने बाँकी सबै उपसमूहको सूचक घटेको छ।
बिहीबार नेप्से परिसूचक गिरावट आए पनि तेह्रथुम पावर कम्पनी र युनाइटेड इदि मार्दीको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी छ। यता, बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा २२ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री गरेर जीवन विकास लघुवित्त शीर्ष स्थानमा छ। हिमालयन डिस्टिलरीको १० करोडभन्दा बढीको सेयर कारोबार भएको छ।