रुपन्देही अपहरण प्रकरणः कसरी अपहरणमा परे ती दुई बालबालिका?

रुपन्देही अपहरण प्रकरणः कसरी अपहरणमा परे ती दुई बालबालिका?
+
-

बुटवल– रुपन्देही सैनामैना नगरपालिका–६, दूधराक्षकी प्रमिला (नाम परिवर्तन)ले छोराछोरीलाई सधैँझैँ स्कुल पठाइन्। बिहान बस चढेर छोराछोरीसँगै स्कुल गएका साथी घर फर्के तर उनका छोराछोरी फर्किएनन्।

फागुन ५ को कुरा हो। कोभिडका कारण बन्द रहेका स्कुल भर्खर खुलेका थिए। प्रमिलाका १२ वर्षका छोरा र ९ वर्षकी छोरी खुसी हुँदै स्कुल गएका थिए। सैनामैनाको बुद्धनगरस्थित प्रभात बोर्डिङ स्कुलको लु १ ख ६५८६ नम्बरको बस चढेर गएका उनीहरू साँझसम्म घर नफर्किएपछि बाबु सुनील (नाम परिवर्तन) स्कुल पुगे। त्यहाँ उनले बसका चालक र कर्मचारीबाट थाहा पाए, कसैले आएर फोटो खिच्न लिएर गएका थिए।

उनी अत्तालिए। आमा र बाबुबाहेक अरू कसले लग्यो भन्ने खोजी गरे। बसमा चढेका अरू विद्यार्थीलाई सोध्दा थाहा भयो–छोराछोरीलाई सैनामैनाकै खेमबहादुर पौडेलले बसबाट झारेर लिएर गएका थिए।

यति थाहा पाएपछि सुनीलले छोराछोरी अपहरणमा परेको अनुमान गरे। नातामा बालबालिकाका फुपाजु पर्ने खेमबहादुर र सुनीलको परिवारबीच खटपट थियो। यसका आधारमा उनले अपहरणको आशंका गरेका थिए। सोही आशंकाका आधारमा रातिसम्म परिवार र छिमेकीले खोजे तर भेटेनन्। सुनीलले शुक्रबार बिहानै इलाका प्रहरी कार्यालय रन्यौरा सैनामैनामा आफ्ना छोराछोरी अपहरणमा परेको निवेदन दिए।

प्रहरीले शंकास्पद क्षेत्र र अन्य विवरणमा आधारित रहेर खोजतलास गर्‍यो। शंका गरिएका खेमबहादुरले प्रयोग गर्दै आएको मोबाइल अफ थियो। उनको मोबाइल बिहीबार दिउँसो ३ बजेर ४० मिनेटमा बुटवलमै स्वीच अफ भएको पत्ता लाग्यो।

तर, सोही दिन दिउँसो साढे १२ बजे बुटवलको नेपालगञ्जरोडमा उनका भाइ गुप्तबहादुरले सुटकेस दिएको प्रहरीले सीसीटीभी क्यामेराबाट पत्ता लगायो।

प्रहरी बसपार्क पुगेर बस काउन्टरमा गएर बुझ्दा खेमबहादुरले बुटवल बसपार्कबाट बिर्तामोड जाने टिकट काटेको क्लू फेला पार्‍यो। त्यही क्लू पछ्याउँदै प्रहरीले अनुसन्धान अघि बढायो। प्रहरीले आन्तरिक संयन्त्र परिचालन गरेर झापासम्म खोजतलास थाल्यो।

प्रहरीले विशेष युनिटले शुक्रबार दिउँसो बिर्तामोडबाट ती बालबालिकालाई सकुशल उद्धार गर्‍यो। अपहरण गर्ने खेमबहादुर पक्राउ परे।

‘उहाँहरूको निवेदनका आधारमा प्राप्त विवरणअनुसार खोजतलास गर्दै जाँदा हामीले बालबालिकालाई सकुशल उद्धार गर्न सक्यौँ भने अपहरण गर्ने खेमबहादुरलाई पक्राउ गरेका छौँ,’ रुपन्देही प्रहरी प्रमुख मनोज केसीले भने।

बालबालिकालाई परिवारको जिम्मा लगाएको उनले बताए। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अपहरण गर्ने खेमबहादुरलाई शनिबार भैरहवामा सार्वजनिक गरेको छ। प्रहरीले खेमबहादुरमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान थालेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?