कविता सङ्ग्रह ‘समयको कठघरा’ लोकार्पण

कविता सङ्ग्रह ‘समयको कठघरा’ लोकार्पण
+
-

तनहुँ – कविता सङ्ग्रह ‘समयको कठघरा’ सार्वजनिक गरिएको छ। कवि जुनु खड्काद्वारा लिखित कविता सङ्ग्रहको शनिबार लोकार्पण गरिएको हो।

शुक्लागण्डकी नगरपालिका–१० ढोरमुलकोट दरबारको फेदीमा आयोजित कार्यक्रममा कवि भूपिन खड्काले कविता संग्रहको लोकार्पण गरेका हुन्। उनले देश र समाज बनाउनलाई सांस्कृतिक विम्बको आवश्यकता पर्ने बताए। ‘समाज बदल्नलाई कवि लेखकहरूको ठूलो भूमिका रहन्छ’, उनले भने।

कविहरूले राज्यको प्रतिपक्षिय चेतनालाई विस्तार गर्नुपर्नेमा उनको जोड छ। कवि खड्का अगाडी थप्दै भन्छन्, ‘कविहरूले सत्ताको गीत गाउन जुन दिनदेखि सुरु गर्छन् त्यो दिन देश ध्वस्त हुन्छ।

त्यो ग्यारेन्टी हो। कविहरूले गर्ने भनेको प्रश्न हो। समाज सुधारको लागि प्रतिरोध गर्न आवश्यक छ।’ राज्यले साहित्यलाई अनुत्पादक क्षेत्र भन्दै लगानी गर्न नचाहेको उनको आरोप छ।

लोकार्पण गरिएको कविता सङ्ग्रहमा ५० वटा कविता समावेश गरिएको छ। जीवनचक्रमा देखेका सुनेका र भोगेका विषयवस्तुलाई सिर्जना गरेर कविता सङ्ग्रह तयार पारेको स्रष्टा खड्काले बताइन्।

कोरोना महामारीले आक्रान्त बनाएर लामो समय विद्यालय बन्द भएर घरमा थुनिएको बेला सिर्जित कविताहरू सङ्ग्रह तयार पारेको उनले बताइन्। विभिन्न पत्रपत्रिका र अनलाइनहरूमा फुटकर कविता लेख्ने खड्काको यो पहिलो कविता सङ्ग्रह हो। उनी पेसाले शिक्षक हुन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष