इन्द्रमान तुलाधर, महासविच, अखिल नेपाल फुटबल संघ

‘नेपाल सुपर लिग विशुद्ध फ्रेन्चाइज लिग हो’

‘नेपाल सुपर लिग विशुद्ध फ्रेन्चाइज लिग हो’
+
-

नेपाल सुपर लिगको दोस्रो संस्करण चैत अन्तिम साताबाट काठमाडौं र पोखरमा आयोजना हुँदै छ। विगतको संस्करणमा सात टोलीले सहभागिता जनाएको प्रतियोगिताको दोस्रो संस्करणमा १० टोलीले सहभागिता जनाउँदै छन्। दोस्रो संस्करणका लागि अक्सन पनि सम्पन्न भइसकेको छ। सहिद स्मारक ए डिभिजन लिग सकिएलगत्तै घोषणा भएको मितिपछि खेलाडी स्थानन्तरणको विषयमा विभिन्न क्लबले असन्तुष्टि जनाएका छन्। अक्सन हुने/नहुने दुविधाबीच सम्पन्न भएसँगै विशेष गरी ए डिभिजन खेलको क्लब मनाङ मस्र्याङ्दी, थ्री स्टार, संकटा तथा न्युरोड टिम (एनआरटी)ले असन्तुष्टि जनाइरहेका छन्। यही विषयको सेरोफेरोमा रहेर अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरसँग गरिएको कुराकानीको सम्पादित अंश–

० एन्फाले नेपाल सुपर लिग (एनएसल) एन्फाको कार्यक्रमको रुपमा अगाडि सारेको थियो। ए डिभिजनलगत्तै आयोजना हुन लागेको एनएसलको अक्सन पनि सम्पन्न भइसकेको छ। यद्यपि, शीर्ष डिभिजनका क्लबले खेलाडी स्थानान्तरणको विषयमा असन्तुष्टि जनाइरहेका छन्। खासमा क्लबको असन्तुष्टि के विषयमा हो ?

– एन्फाले फ्रेन्चाइज टोलीलाई विभिन्न व्यापारिक घरानीलाई फुटबलमा लगानी गर्न फ्रेन्चाइज लिगको परिकल्पना गरिएको हो। नेपाल सुपर लिग विशुद्ध एउटा फ्रेन्चाइज लिग हो र सोहीअनुसार हामीले परिकल्पना गरेर एन्फाको कार्यक्रममा समावेश गरेका हौं। फुटबल विकासमा टेवा पुगोस् भनेर फुटबल प्रतियोगितासँगै विभिन्न व्यापारिक घरानालाई फुटबलमा ल्याउने प्रयास गरेका हौं। फुटबलमा व्यापारिक घरानाको पनि लगानी भित्रियोस् भन्ने उद्देश्य हो। एनएसललाई सहयोग पुगोस् भनेर खेलाडी तथा नामावली पनि बनाएका छौं। एनएसएलको समयमा खेलाडीलाई क्लबले रिलिज गर्नुपर्छ भन्ने नियामावली राखेका छौं। लिगलगत्तै मोफसलका प्रतियोगिता खेल्नुपर्ने समयमा खेलाडीलाई अक्सनमा समेट्न कतिपय क्लबको असहमति छ। एनएसलको आयोजकको सल्लाहबिनै एनएसलको मिति आउनु क्लबहरूको गुनासो आएको छ। क्लबहरूको गुनासो सम्बोधनका लागि एन्फाले विभिन्न चरणका छलफल गरिरहेको छ। आज–भोलि नै यस विषयले टुंगो लाग्ने विश्वास छ।

० क्लबहरूले गुनासो गरिरहेका छन्। विशेष गरी खेलाडी स्थानान्तरणको विषयमा क्लबले असन्तुष्टि जनाइरहेका छन्। यसबाहेक क्लबको अन्य असन्तुष्टि के हुन् ?

– यो विषय क्लबहरूको माध्यमबाट एन्फामा आएको छ। वैधानिक रुपमा करारमा रहेका खेलाडीलाई अक्सनमा राख्नुअगाडि क्लबसँग छलफल गरियोस् भन्ने थियो। यस्तै, क्लबका केही कठिनाइलाई एनएसएलले टुंग्याइदियोस् भन्ने चाहना थियो। मोफसलका प्रतियोगितामा सहभागिता जनाइरहेको अवस्थामा अवरोध गरियोस् भन्ने पनि थियो। खेलाडीको हकमा क्लबसँग छलफल नभएकामा असन्तुष्टिको रुपमा लिएका छन्।

० फिफा र एएफसीबाट कुनै पनि देशमा समानान्तर लिग सम्भव हुँदैन भन्ने गाइडलाइन छ। अस्तित्वमा रहेको ए डिभिजन लिग वा नेपाल सुपर लिगमध्ये कुन हुने हो भन्ने गाइँगुइँ पनि चल्न थालेको छ। आधिकारिक लिग कुन हो ?

– हामी यस विषयमा एकदमै क्लियर छौं। आयोजक एनएसएल, खेल्ने टिम होस्, एन्फा होस् या क्लब सबै यस विषयमा स्पष्ट छन्। नेपालको एउटै मात्र आधिकारिक लिग भनेको सहिद स्मारक लिग हो। ए डिभिजन लिग नै हो। यसैको च्याम्पियनले एएफसीको प्रतियोगिता खेल्ने गर्छ। नेपाल सुपर लिग देशको एउटा फ्रेन्चाइज लिगको रुपमा लिएका छौं। यो प्रतियोगिता करिब साढे दुई महिनाजति चल्छ। यो प्रतियोगिताबाट कुनै पनि क्लबले अन्य प्रतियोगितामा सहभागिता जनाउँदैनन्। यो प्रतियोगिता विशुद्ध फ्रेन्चाइज प्रतियोगिता हो। व्यापारिक घरानाले लगानीमा क्लबलको खेल्ने घरेलु प्रतियोगिता हो। यो लिग सहिद स्मारक लिगको प्रतिस्थापन वा विकल्पको रुपमा ल्याइएको प्रतियोगिता होइन। सहिद स्मारक नै नेपालको आधिकारिक लिग हो।

० क्लबहरूले असन्तुष्टि जनाइरहेको अवस्थामा र एन्फाले आफ्नो कार्यक्रम भनिरहँदा उत्पन्न विवाद समाधानका लागि फुटबलको अभिभावक संस्था एन्फाले कस्तो गृहकार्य गरिरहेको छ? प्रतियोगिताका लागि अक्सन सम्पन्न भइसकेको छ।

– क्लबहरूले विज्ञप्ति जारी गरिसकेसँगै हामीले असन्तुष्ट क्लबहरूसँग बसेर छलफल गरिसकेका छौं। सुरुमा असन्तुष्टि जनाएको ८ क्लबसँग एन्फामा बसेर छलफल गरिसकेका छौं। एन्फाको बैठक पनि केही विषयमा सहमति भइसकेको छ। अक्सन अगाडि छलफल भएसँगै अक्सन रोक्नका लागि एनएसएललाई पत्र काटे पनि ढिला भएको हो। पत्र एकदमै ढिला भएकाले रोक्ने सम्भव भएन। आयोजकले अक्सन गरेपछि सबै विषयमा खुला छौं भन्ने कुरा आएपछि अहिले असन्तुष्टि विषयमा विभिन्न चरणमा छलफल भइरहेको छ। दुबै पक्षसँग हामीले वार्ता गरिरहेका छौं। छलफल करिब–करिब अन्तिम चरणमा पुगेको मैले बुझेको छु। क्लबले आधिकारिक धारणा पनि राख्दै छन्। त्यस विषयमा एन्फा अध्यक्षसँग क्लबहरूको भेट पछि एनएसएल क्लबलाई औपचारिक रुपमा छलफल गर्न आह्वान गर्छौं। त्यसपछि एनएसल क्लब र एन्फा बसेर आगामी दिनमा यस्तै विवाद नदोहोरियोस् भन्ने लक्ष्यसाथ टुंग्याउँछौं।

० एनएसल एन्फाको कार्यक्रम भनिरहँदा दोस्रो संस्करण हुन लागेको छ। अहिलेसम्म क्यालेन्डरमा समावेश छैन। आउँदो सिजनमा समावेश होला। सँगै उत्तिकै मोफसलका प्रतियोगिता पनि रहेका छन्। कसरी व्यवस्थापन गर्नुहुँदै छ त एनएसएललाई ?

– मोफसलका विभिन्न गोल्डकप छन्। ती गोल्डकप भएकाले समावेश गर्न केही कठिन त पक्कै छ। सामान्य अवस्थामा भदौै, असोजदेखि कात्तिक २० सम्मलाई एनएसएलका लागि समय दिने योजना बनाएका छौं। त्यसलगत्तै एउटा नकआउट प्रतियोगिता गर्ने वा सहिद स्मारक लिगलाई आयोजना गर्ने योजनामा छौं। फागुनसम्म लिग चलिरहेपछि त्यसपछिको समय चैत वैशाख, जेठ गोल्डकपका लागि छुट्याउने सोचमा छौं। जसकारण मोफसलका प्रतियोगिता आयोजना गर्न सजिलो हुन्छ। अहिलेको अवस्थामा लिगलगत्तै एनएसएल आयोजना हुँदा केही कठिनाइ आएको अवस्था छ। अर्को वर्ष आयोजना हुने एनएसएलका लागि अक्सन अगाडि खेलाडी रिलिजको बाटो खुला गर्नेछौं। त्यसपश्चात् रिलिज भएका खेलाडी मात्र अक्सनमा समावेश हुन पाउने प्रावधान तोक्नेछौं। समग्ररुपमा सबैलाई समेट्न राष्ट्रिय लिग पनि आयोजना गर्नु छ। मोफसलका प्रतियोगिता पनि उत्तिकै छन्। सहिद स्मारक ए, बी, सी डिभिजनका लिग आयोजना गर्नुपर्ने हुन्छ। महिलाका उत्तिकै प्रतियोगिता छन्। हामी यी सबैलाई नजुध्ने गरी भदौबाट सिजन सुरु गर्ने तयारीमा छौं।

० तोकिएको मितिमनै एनएसएल आयोजना हुन्छ नि ?

– तोकिएको मितिमै एनएसएल हामीले आयोजना गर्नुपर्छ। तोकिएको मितिभन्दा पछि धकेलिएको अवस्थामा राष्ट्रिय टोलीको तयारीलाई असर गर्छ। हामीले एसियन कप क्वालिफायर खेल्दै छौं। हामी अत्यन्तै कठिन समूहमा छौं। जोर्डन, कुवेत र इण्डोनेसियाजस्तो समूहमा छौं। तयारी राम्रो गर्नुपर्छ। त्यसका लागि मिति तल–माथि भए असर पर्छ। तसर्थ एनएसएल छिटो सकेर राष्ट्रिय तयारीमा लाग्नुपर्नेछ। समयमै सम्पन्न गर्नका लागि क्लबहरूसँग छलफल गरिरहेका छौं। कति जटिल विषय त छलफलपछि किनारा लागेका छन्। टेबलबाटै समाधान हुनेमा हामी विश्वस्त छौं।

० एनएसएल आयोजक र अभिभावक संस्थाबीच एनएसएल आयोजना सम्बन्धमा के–के विषयमा साझेदारी भएको छ ?

– एनएसएलमा हामीले आर्थिक पाटोमा खासै केही कुरा भएको छैन। व्यापारिक घरानालाई फुटबलमा आकर्षण गर्न कोसिस गरेका हौं। आयोजकले प्रतियोगिता मनदेखि नै आयोजना गरेको पाएका छौं। अघिल्लो संस्करण कोरोना महामारीबीच पनि बन्द रंगशालामा खेलाएर सफल तरिकाले आयोजना गर्न सफल हुनुभयो। सोही प्रतियोगिताबाट खेलाडीको आर्थिक हिसावमा राम्रो भएको पाएका छौं। अहिलको अवस्थामा हामीले आयोजकले प्राविधिक पाटोमा सहयोग गरेका छौं। रेफ्रि खटाउने, मैदान व्यवस्थापन, परिषद्बाट स्वीकृति लिने काम, प्रतियोगिताका नियमावली हेरिदिने काम, खेलाडी दर्ता, खेलाडी स्थानान्तरण, अनुसाशन गरी विभिन्न पाटामा हामीले हेरेका छौं। बाँकी आयोजनाको जिम्मा उहाँहरूले गर्नुभएको छ। परम्परागत तरिकाले चलिरहेको फुटबलभन्दा भिन्न फुटलब एनएसएलमा पाएका छौं। जुन हामीले लिगमा पनि अनुसरण गर्ने प्रयास गरेका छौं। आयोजक एनएसएल र एन्फाबीच फुटबलको जितका लागि सहमति भएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?