माओवादी सकेसम्म आफ्नै तागतले चुनाव जित्ने प्रयत्नमा छ – प्रचण्ड

+
-

बुटवल – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको व्यवहारले आगामी चुनावमा सत्तारूढ दलबीच गठबन्धन हुने वा नहुने टुंगो लाग्ने बताएका छन्।

बुटवलमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा एमालेसँग गठबन्धन हुने र नहुने नेपाली कांग्रेसकै व्यवहारमा भर पर्ने बताए।

एमालेसँग पनि सहकार्य हुनसक्छ भन्ने माओवादी नेताको भनाइमा प्रचण्डको धारणा के हो भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘तत्काल एमालेसँग सहमति हुने सम्भावना देखिएको छैन। तर यो एक हदसम्म कांग्रेसको व्यवहारमा पनि भर पर्छ, कांग्रेसका केही नेताहरुले कुनै हालतमा तालमेल गरिँदैन भनेर अतिवाद ढंगले बोल्न थाल्नुभएको छ, यसरी नै कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन।’

उनले यो अवस्था कांग्रेस सभापतिको प्रतिबद्धताले तत्कालका लागि टरेको बताए। उनले भने, ‘कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा हरहालतमा गठबन्धनलाई बचाएर जानुपर्छ भन्नेमा भएकाले एमालेसँग तालमेल गर्ने परिस्थिति आउला भन्ने देखेको छैन, देउवाजीले पनि त्यसरी नबोल्न भनेकोले पनि अवस्था त्यतातिर नजाला।’

उनले चुनावमा माओवादी सकेसम्म एक्लै र आफ्नै तागतले चुनाव जित्ने प्रयत्नमा रहने बताए।

उनले भने, ‘राजनीतिक रुपमा सुसूचित र आर्थिक रुपमा जनतालाई सम्पन्न बनाउने पार्टीको एजेण्डालाई मुख्य ध्यानमा राखेर आफ्नै तागतमा निर्वाचन अभियानमा होमिन हामीले नेता कार्यकर्तालाई निर्देशित गरेका छौं।’

अध्यक्ष प्रचण्डले गठबन्धन गरेरमात्र चुनाव जितौंला भन्ने नसोच्न नेताहरुलाई सचेतसमेत गराए। ‘गठबन्धनमार्फत चुनावी परिणामलाई सकारात्मक बनाउने विषयलाई सहायक रणनीति बनाएर अघि बढ्नुपर्छ’, उनले भने।

प्रचण्डले तालमेल गर्ने विषयमा गठबन्धनको मुख्य नेतृत्वमा कुनै अलमल नदेखिएको बताउँदै भने, ‘गठबन्धन संविधानको रक्षा, प्रतिगमनका विरुद्ध संघर्ष गर्न बनाइएको हो। त्यो उद्देश्य पूरा गर्ने काम अझै बाँकी छ।’

प्रचण्डले एमसीसीका कारण नयाँ गठबनधन बन्छ कि जस्तो देखिएपछि व्याख्यात्मक घोषणाबाट एमसीसी अनुमोदन गरिएकाे र हालका लागि गठबन्धन सुरक्षित रहेको बताए।

प्रचण्डले निर्वाचन हुँदैन कि भन्ने भ्रम हटेको बताउँदै भने, ‘तोकिएको समयमै चुनाव हुन्छ, आज बिहानमात्रै पनि प्रधानमन्त्री, माधव नेपाल र मेरो छलफल भयो, प्रधानमन्त्रीले ढुक्क भएर चुनावी तयारी गर्नुस् भन्ने खालकाे कुरा गर्नुभएको छ, म पनि त्यसमा कुनै कन्फ्युजनमा नरहन सबैलाई आग्रह गर्दछु।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?