सिद्धान्त नमिल्नेहरुको गठबन्धनले एमालेलाई फाइदा हुन्छ : योगेश भट्टराई

सिद्धान्त नमिल्नेहरुको गठबन्धनले एमालेलाई फाइदा हुन्छ : योगेश भट्टराई
+
-

काठमाडौँ – एमाले सचिव योगेश भट्टराईले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीबीचको चुनावी गठबन्धनले आफ्नो पार्टीलाई फाइदा हुने दाबी गरेका छन्।

बुधबार पार्टी केन्द्रीय कमिटीको बैठकपछि पत्रकाररुसँग कुरा गर्दै नेता भट्टराई गठबन्धन भनेको एजेण्डा मिल्ने दलहरुबीच हुनुपर्ने भए पनि कांग्रेस, माओवादी र समाजवादी फरक विचारधारामा आधारित पार्टी भएको त्यसको औचित्य नभएको जिकिर गरे।

भट्टराईले भने, ‘केका लागि आधारमा गठबन्धन हुन्छ भन्ने छैन। सिद्धान्त विचार नमिल्ने पार्टीबीच कसरी गठबन्धन हुन्छ? गठबन्धन त विचार मिल्ने पार्टीबीच हुने हो। उनीहरुको गठबन्धनले त हामीलाई नै फाइदा पुग्छ।’

सचिव भट्टराई एमालेले अब सम्पूर्ण शक्ति स्थानीय तहको चुनावमा केन्द्रित गर्ने जानकारी दिए। अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमा सबै तहका नेताहरुमा चुनावमा लाग्न निर्देशन दिइएको छ।

एमालेले टिकट वितरणका लागि पनि मापदण्ड प्रस्ताव गरेको छ। बिहीबार सकिने केन्द्रीय कमिटिले बैठकले एमालेबाट उम्मेद्वार हुन पार्टीप्रति प्रतिबद्ध भएको हुनुपर्ने, विगतमा जितेकोको कामको मूल्यांकन हुने जानकारी दिए।

त्यस्तै उम्मेद्वारीका लागि सम्बन्धित तहको सिफारिसका आधारमा माथिल्लो कमिटिले टुंग्याउने उनले बताए।

वडा तहको टिकट त्यसकै कमिटिको सिफारिसका आधारमा जिल्लाले टुंग्याउने, गाउँपालिका तथा नगरपालिकाका प्रमुख उपप्रमुखको जिल्लाको सिफारिसका आधारमा प्रदेश कमिटिले टुंग्याउने एमालेको तयारी छ।

उपमहानगर र महानगर पालिकाको टिकट भने सम्बन्धित जिल्ला कमिटिको सिफारिसका आधारमा केन्द्रले तय गर्नेछ।

नेता लालबाबु पण्डितले एमालेप्रति देशभर आकर्षण बढेको दाबी गरे। ‘जो जसरी आउँछन्, त्यसै गरी भिड्दै छौँ, पण्डितले अगाडि भने, ‘भुसुनाले अलिअलि दुःख दिन्छ। केही समयमा त्यो आफैँ मरेर जान्छ।’

बैठकपछि गोकुल बास्कोटाले एमाले हिजोभन्दा आज झन बलियो भएको दाबी गरे। उनले भने, ‘हामी इस्युमा जान्छौँ। एमाले र समाजवादी कुन आर्थिक एजेण्डा लिएर जान्छन्? कांग्रेसको टोप लिएर जान्छन्? यसपटकको चुनावमा जनादेश र परमादेशबीचको प्रतिस्पर्धा हो।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?