रेडियो नेपाल परिमार्जित ढंगले अघि बढ्न जरुरी छः ज्ञानेन्द्रबहादुर कार्की

रेडियो नेपाल परिमार्जित ढंगले अघि बढ्न जरुरी छः ज्ञानेन्द्रबहादुर कार्की
+
-

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशले भोग्दै आएको प्रविधिको रूपान्तरण र आर्थिक समस्याबारे सरकार जानकार रहेको बताएका छन्।

मन्त्री कार्कीले प्रविधिको विकास, रूपान्तरण र मल्टिमिडियाको आवश्यकताअनुसार अझै परिमार्जित ढंगले अघि बढ्न रेडियो नेपाललाई आग्रहसमेत गरे।
रेडियो नेपालको ७२ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार सिंहदरबारमा आयोजित एक समारोहमा उनले देशको सबै भूभागमा रेडियो नेपालको पहुँच पुर्‍याउन जरुरी रहेको पनि बताए।

सुदूर गाउँको समस्या र सम्भावनालाई उजागर गर्नेगरी रेडियो नेपालले अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार र सूचना प्रवाह गर्नुपर्ने पनि मन्त्री कार्कीको भनाइ थियो। उनले रेडियो नेपाललाई बदलिँदो परिवेश र त्यसले निम्त्याएको प्रतिस्पर्धामा खरो ढंगले उत्रन पनि आग्रह गरे। उनले राष्ट्रिय प्रसारण संस्था हुनुको नाताले रेडियो नेपालले राष्ट्रिय दायित्वलाई समेत हेरेर काम गर्नुपर्ने स्पष्ट पारे।

उनले भने, ‘अझै पनि देशको शतप्रतिशत भूभागमा रेडियो नेपाल सुनाउन यसले थप सेवा प्रसारण गर्ने कार्यमा लाग्नुपर्ने आवश्यक्ता छ। वर्तमान अवस्थाको प्रतिस्पर्धी युगमा रेडियो नेपाल समय सुहाउँदो नवीनतम प्रविधिको उपयोग गर्दै अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार र सूचना प्रवाह गर्नुपर्छ। र, राष्ट्रिय दायित्व बोध गर्दै देशको बहुलतालाई सम्मान गर्दै सुदूर गाउँको समस्या र सम्भावनालाई सम्बोधन गर्न जरुरी छ। राष्ट्रिय प्रसारण संस्था, नेपाली माटोको आवाज हुनुको मूल्य अझै माथि उठाउनु छ। बदलिँदो समय, प्रतिस्पर्धा र यसले निर्वाह गरिरहेको राष्ट्रिय दायित्व समेतलाई हेरेर यसको आन्तरिक जीवनलाई अझ बलियो बनाउनु छ। देशले भोग्दै आएको प्रविधिको रुपान्तरण र आर्थिक समस्याको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय जानकार छ। प्रविधिको विकास, रुपान्तरण र मल्टिमिडिया आवश्यक्ताअनुरुप यसलाई अझै धेरै ढंगले परिमार्जन गर्न जरुरी छ। यसका लागि हरतरहले सघाउन र राष्ट्रको यस धरोहरलाई नयाँ उचाइमा लैजान मन्त्रालय तयार छ। यसको सफलताका निम्ति रेडियो नेपालका सबै सञ्चारकर्मी, प्राविधिक र व्यवस्थापकको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ।’

मन्त्री कार्कीले राष्ट्रको धरोहरको रूपमा रहेको रेडियो नेपाललाई थप उचाइमा लैजान सरकार लागिपरेको उल्लेख गर्दै यसमा रेडियो नेपालमा आबद्ध सबै सञ्चारकर्मी, प्राविधिक र व्यवस्थापकले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरे।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष