
बुटवल– बुटवलबाट ब्राउनसुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बुटवलको टोलीले ५ ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका वडा नं. ११ का स्थानीय राजेश विश्वकर्मा, लक्ष्मण पुन र अविनाश थापा रहेका छन्।
गोप्य सूचनाका आधारमा नहरपुर पुगेको प्रहरी टोलीले ३ जनाबाट ५ ग्राम ३० मिलीग्राम ब्राउन सुगर बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए।
पक्राउ परेका तीनै जनामाथि लागूऔषध कारोबार ऐन बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।