
सी. पी. खनाल
बैशाख ११, २०७९

अ
+
अ
अ
-
बुटवल-अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा बालकृष्ण आचार्यले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।
उनले गाउँपालिकाको अध्यक्ष पदबाट आजै राजीनामा दिएर पुन: दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। पार्टीमा सरसल्लाह नगरी दलबहादुर भट्टराईलाई गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी बनाउने सहमति भएपछि आफूले बाध्य भएर अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुपरेको आचार्यले बताए।
पार्टीबाट जस्तोसुकै दबाब आएपनि आफ्नो उम्मेदवारी फिर्ता नहुने भन्दै उनले भने, ‘तीन दिन अघिसम्म उम्मेदवार बन्दैन भनेर सुतेको मानिसलाई पार्टीले जबर्जस्ती पालिकाको अध्यक्षमा सिफारिस गरेपछि आफूले बाध्य भएर पुन: उम्मेदवारी दिनुपरेको हो।’

