वन अधिकृत र उपभोक्ता समितिका अध्यक्षसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा

वन अधिकृत र उपभोक्ता समितिका अध्यक्षसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा
+
-

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मुगुमा कार्यरत वनअधिकृत भरत बहादुर बुढा थापासहित ६ जनाविरुद्ध जनही ८ लाख ८७ हजार ६५३ रुपैयाँ बराबर बिगो रकमसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले गैरकानुनी लाभ तथा हानी पुर्‍याएको आरोपमा मंगलबार उनीहरुविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो।

मुगुको सोरु गाउँपालिकाको जवालधारस्थित काछदेखि छोटासम्म पदमार्ग निर्माण कार्य गर्दा उपभोक्ता समिति र प्राविधिकको मिलोमतोमा हुँदै नभएको कामको झुटो बिल बनाइ विनियोजित रकम पुरै भुक्तानी दिइ सरकारी रकम हिनामिना गरेको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो।

अनुसन्धान गर्दा कार्यभन्दा बढी परिमाण उल्लेख गरी बिल तयार गरेको र फिल्डमा कार्य नगरी ८ लाख ८७ हजार रुपैयाँ रकम नोक्सानी पुर्‍याउने उद्देश्यले काम गरेको खुलेको अख्तियारको दाबी छ।

अख्तियारका अनुसार उक्त कार्य भ्रष्टाचार ऐन विपरीत ठहरिएकाले उनीहरुविरुद्ध जनही ८ लाख ८७ हजार ६५३ रुपैयाँ बिगोसमेत असुल गरी आवश्यक कारबाहीको समेत अदालतमा मागदाबी गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?