आयोगको कल सन्टर ११०२ :

मतदाता नामावली र आचारसंहिता उल्लंघनसम्बन्धी पाँच हजार बढी कल

मतदाता नामावली र आचारसंहिता उल्लंघनसम्बन्धी पाँच हजार बढी कल
+
-

काठमाडौँ–निर्वाचन आयोगले एक महिना अगाडिदेखि सञ्चालनमा ल्याएको कल सेन्टरमा पाँच हजार २ सय ५१ वटा कल रजिस्टर भएको छ।

स्थानीय तहको निर्वाचनमा आचार संहिता उल्लघंनका उजुरी र मतदाताका विविध जिज्ञासालाई सम्बोधन गर्न कल सेन्टर स्थापना गरेको आयोगले जनाएको छ।

अधिकाँश युवाहरुले आचार संहिता उल्लघंन, मतदाता परिचय पत्र हराएको तथा नामावलीमा नाम टिपाउन छुटेका कारणले मतदानमा कसरी सहज सहभागिता जनाउने तथा मतदाता परिचयपत्र प्राप्ति जस्ता विषयमा जिज्ञासा राख्ने गरेको सुभरभाइजर मधुसुदन पुडासैनीले बताए।

कल सेन्टरमा साझ ७ बजेदेखि विहान ९ बजेसम्म श्रव्य सन्देश दर्ता गर्न सकिने व्यवस्था छ। दैनिक ३ सय जति कल आउने गरेको कल सेन्टरका सुभरभाइजर पुडासैनीले जानकारी दिए।

आमनागरिक र मतदाताले आयोगको ११०२ नम्बरमा कल गरी राजनीतिक दल तथा उम्मेदवारबाट चुनाव प्रचारप्रसारका क्रममा आचार संहिता उल्लघंन गरेमा उजुरी  गर्न साथै निर्वाचन विषयका जिज्ञासा राख्न सक्ने व्यवस्था गरिएको हो। कल सेन्टरमा सुभरभाइजर, नेपाल टेलिकमका सिनियर इन्जिनियर एक–एक जना, पाँच जना कल एजेन्ट गरी ७ जना जनशक्ति खटाइएको निर्वाचन आयोगले जानकारी दिएको छ।

आचार संहिता उल्लघंनका उजुरी भने स्थानीय तहको आचार संहिता अनुगमन समिति तथा केन्द्रीय अनुगमन समिति मार्फत् सम्बोधन गर्ने व्यवस्था मिलाइएको सुपर भाइजर पुडासैनीले बताए।

‘विदेशबाट भर्खर फर्किएका युवाहरुबाट मतदाता परिचयपत्रमा नाम कसरी टिपाउने, यो निर्वाचनमा सहभागिता कसरी जनाउने भन्ने जिज्ञासा ठूलै संख्यामा आउने  गरेको छ,’ सुपरभाइजर पुडासैनीले भने, ‘मतदाता नामावली संकलनका बेला उनीहरु विदेशमा हुन्छन्। निर्वाचनमा सहभागि बन्न आउँदा त्यो बन्द भइसकेको हुन्छ।यी विषयमा आयोगले आवश्यक निर्णय गर्नुपर्ने देखिन्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?