तिलोत्तमाका मेयरको दम्भ : ‘मतदाता प्रभावित पार्ने घोषणा गर्नसक्छु, मलाई कसले रोक्छ ?’

तिलोत्तमाका मेयरको दम्भ : ‘मतदाता प्रभावित पार्ने घोषणा गर्नसक्छु, मलाई कसले रोक्छ ?’
+
-

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै कारबाही गर्न निर्वाचन आयोगलाई खुुला चुनौती दिएका छन् ।

निर्वाचन आचारसंहिताविपरीत तिलोत्तमाको नगरप्रमुख पदमा बहाल रहेकै अवस्थामा उनी नेकपा एमाले तिलोत्तमा नगर कमिटिको निर्वाचन परिचालन कमिटिको संयोजक बनेका छन् ।

दिनहुँ एमाले उम्मेदवार मोहन चापागाई र जागेश्वरीदेवी चौधरीकोे प्रचारमा खटिएका उनले एमाले निर्वाचन प्रचारप्रसार कमिटिले आइतबार राती आयोजना गरेको पत्रकार सम्मेलनमा आचारसंहिता उल्लंघन गरेवापत् कारबाही गर्न निर्वाचन आयोगलाई चुनौती दिए ।

पत्रकार सम्मेलनमा उनले चुनौती दिदै भने– ‘मैले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको छु, पार्टीको निर्वाचन परिचालन कमिटिको संयोजक बनेको छु, मैले आचारसंहिता उल्लंघन गर्दा कारबाही गर्नसके गरे हुन्छ ।’

तिलोत्तमामा एमालेका प्रमुख उपप्रमुख उम्मेदवारसँग गरिएको पत्रकार सम्मेलनको अध्यक्षता गरेका उनले आचारसंहिता उल्लंघन गर्नु सामान्य भएको बताए । उनले भने–‘म पार्टीको कार्यकर्ता हुुँ र अहिले म नगरप्रमुख पनि हुँ, मलाई पार्टीले जिम्मा दियो, म निर्वाचन परिचालन कमिटिमा छु, कसैले यसले आचारसंहिता उल्लंघन गर्‍यो भन्ने लाग्छ भने कारबाही गर्नुस् ।’

उनले मन्त्री र ठूला नेताहरुले हेलिकोप्टरमा चुनाव प्रचारमा हिडिरहँदा कारबाही नभएको भन्दै आफुमाथि पनि कारबाही हुन नसक्ने संकेत गरेका थिए ।

उनले अहिले पनि आफु नगरप्रमुख रहेकाले मतदाता प्रभावित गर्ने गरी जुनसुकै योजना ल्याउन पनि सक्ने बताए । ‘मैले अहिले बजेट खर्च हुने काम नगरौँला, तर मतदाता प्रभावित गर्ने गरी जुनसुकै घोषणा गर्नसक्छु, मैले घोषणा गरिदिए पुग्छ, मलाई कसले रोक्छ ?’

उनले पत्रकार सम्मेलनमा आफुले गरेका राम्रा कामको प्रचार नगरिदिएर आलोचना गरेको भन्दै पत्रकारहरुप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
उनले भने–‘तपाइँहरुले विपक्षीहरुको कुरा सुन्नुभएको छ, अझै पनि म नै नगरप्रमुख हुँ, म जे पनि निर्णय गर्नसक्ने अधिकार राख्छु, मेरा कामका बारेमा लेखिदिनुहोला ।’

उनले चुनावमा उम्मेदवार बनेका प्रतिष्पर्धीहरुको समेत आलोचना गर्दै तिलोत्तमामा चुनाव जित्ने सपना नदेख्न आग्रह गरेका थिए ।
प्रमुख घिमिरेसँगै तिलोत्तमा नगरपालिकाका प्रवक्ता रहेका सुरेन्द्र श्रीले पनि आचारसंहिता विपरीत जिम्मेवारी लिएका छन् ।

उनी नगरको जनप्रतिनिधितर्फको प्रवक्ता वहाल रहेकै अवस्थामा एमाले निर्वाचन प्रचारप्रसार समितिको जिम्मेवारी लिएका हुन् ।

पत्रकार सम्मेलनमा उम्मेदवारहरु मोहन चापागाइँ र जागेश्वरीदेवी चौधरीले आफुले गरेका प्रतिवद्धता पूरा गर्ने बताएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?