एमालेले बागी उम्मेदवार बनेका १५ कार्यकर्ता निष्कासन गर्‍यो

एमालेले बागी उम्मेदवार बनेका १५ कार्यकर्ता निष्कासन गर्‍यो
+
-

बुटवल– नेकपा एमाले रुपन्देहीले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिनेहरूलाई कारबाही गरेको छ।

पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका १५ जनालाई साधारण सदस्यसमेत नरहने गरी एमालेले निस्कासन गरेको जनाएको छ।

एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले निकालेको विज्ञप्तिमा पार्टी निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका १५ जना सदस्यहरुलाई आजका मितिदेखि नै लागू हुने गरी साधारण सदस्यसमेत नरहने गरेर सबै जिम्मेवारीबाट निस्कासन गरिएको उल्लेख गरिएको छ।

देवदह नगरपालिका वडा नम्बर १ का हरिबहादुर तामाङ, देवदह ५ का तोलराज बिक, देवदह ७ का पदम थापा, ओमसतिया २ का इन्द्रजीत यादव, ओमसतिया ४ का बेचुराम जयसवाल र रामशंकर चाई रहेका छन्।

त्यस्तै रोहिणी १ का अनिता हरिजन, रोहिणी २ का कान्छा कोहार, रोहिणी ४ का नन्दकिशोर कुर्मी, रोहिणी ५ का पशुपतिनाथ यादव र बुटवल १६ की बबिता आचार्य रहेका छन्।

त्यसैगरी सियारी ४ का श्रीप्रसाद श्रेष्ठ, गैंडहवा ६ का नरेन्द्रप्रताप सिंह, तिलोत्तमा ६ का हरि पाण्डे र तिलोत्तमा ५ का हरि पौडेललाई पार्टीबाट निस्कासन गरिएको एमालेले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?