ओलीले देशलाई धोका दिए, अब जनताले सजाय दिनुपर्छः पौडेल

ओलीले देशलाई धोका दिए, अब जनताले सजाय दिनुपर्छः पौडेल
+
-

बुटवल – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकलाई अस्थीरतातर्फ धकेल्ने निमित्त नायक बनेको बताएका छन्।

उनले पूर्वराजा महेन्द्र, ज्ञानेन्द्रपछि ओलीले संसद् विघटन गरेर विकास र अस्थिरतातर्फ धकेल्ने वाहक बनेको बताए। पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा गरेको आमसभालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो कुरा बताएका हुन्।

‘केपी ओली र उहाँका अनुयायीहरू, संसद् चल्न नदिनेहरू स्थानीय तहमा मात्रै होइन, संसद्मा पनि जान नदिएर सजाय दिनुपर्छ,’ उनले भने।

उनले बाहिर चुच्चे नक्सा देखाउने तर भित्र–भित्र रअसँग भेटेर देशलाई धोका दिएको पौडेलको आरोप छ। उनले राजा महेन्द्रले पनि राष्ट्रवादका नाममा ठग्ने काम गरेको बताए। उनले भने, ‘अब देशलाई ठगिनबाट जोगाउनुपर्छ।’

उनले जनता ठग्नेहरूलाई जनताले रोज्न नहुने बताए। उनले नेपालको स्थायित्व, विकास र संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए। उनले दलित, महिला पिछडिएको क्षेत्रको अधिकार रक्षाका लागि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताए।

उनले राजनीतिक अस्थिरताका कारण मुलुकको संविधान नै संकटमा पार्ने काम भइरहेको बताए। वरिष्ठ नेता पौडेलले बुटवलवासीले घरघर र हस्पिटलको बेडमा भेटिने मेयर जनताले खोजेको बताए। ‘खेलराज जीले त्यसको नेतृत्व गर्नुहुनेछ,’ उनले भने।

बुटवलमा प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट खेलराज पाण्डे र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका तर्फबाट चिनबहादुर गुरुङ उम्मेदवार छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?