बुटवलमा साढे चार करोडको सुन चोरीको आरोपमा ३ जना पक्राउ

बुटवलमा साढे चार करोडको सुन चोरीको आरोपमा ३ जना पक्राउ
+
-

बुटवल – बुटवलमा सुन पसल चोरी गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। वैशाख १३ गते राति बुटवल उपमहानगरपालिका ६ बि.पी. चोकमा रहेको गुल्मेली मजुवा सुनचाँदी पसलमा गरगहना चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरि सार्वजनिक गरिएको हो।

बुटवल ६ बि.पी. चोकस्थित दिल बहादुर सुनारले सञ्चालन गरेको गुल्मेली मजुवा सुनचाँदी पसलबाट चार करोडभन्दा बढीको सुन र गहना चोरी भएको थियो।

चोरी गरेर फरार अभियुक्तहरु भारत जौहरी मोहल्ला चौक लखनऊ चौक उत्तर प्रदेश बस्ने वर्ष ३६ को मोहसिन अब्दुल्ला खान, भारत साई एन्क्लेव गोमती बिहार कोलोनी लखनउ उत्तर प्रदेश बस्ने वर्ष २५ को मोहद जीशान खान र भारत तकिया पेपर मिल कालोनी सी ब्लक–२ निशातगंज महानगर लखनऊ उत्तर प्रदेश बस्ने वर्ष २२ को मोहम्मद सारीक रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई प्रहरीले पक्राउ गरेपछि मंगलबार सार्वजनिक गरेको हो।

इलाका प्रहरी कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले खोजतलासको क्रममा वैशाख २६ गते साँझ लुम्बिनी साँस्कृतिक न.पा. वडा नं. ४ महुवारीस्थित खुनगाइ कालीदह सडक खण्डमा चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेट युपी ३२ एलडब्लु ३१५१ वागोनर गाडी चेकजाँच गर्दा उक्त गाडीमा सवार उनीहरु पक्राउ परेका हुन्।

उनीहरुको साथबाट १०/१० ग्रामको सुनको बिस्कुट थान–२, २० ग्रामको सुनको बिस्कुट थान–१, सुनको गरगहना डल्लो बनाएको सुनको ढिक्का थान–१, सुनको पैसाको सिक्का आकारको गोलो थान–१, मोबाइल थान–३, नगद भा.रु. १०० को नोट ६० वटा, आधार कार्ड, एटीएम कार्ड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रविन्द्र रेग्मीले जानकारी दिए।

उनीहरुलाई प्रहरी हिरासतमा राखी चोरी मुद्दामा थप अनुसन्धान भइ रहेको रेग्मीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?