
बुटवल – रुपन्देहीमा अपराह्न ३ः३० बजे सम्ममा ६० प्रतिशत मत खसेको छ।
बिहान ७ बजेदेखि नै अधिकांश मतदान केन्द्रहरुमा मतदान सुरु भएकोमा अपरान्ह ३ः३० सम्ममा ६० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय, रुपन्देहीले जनाएको छ।
बुटवल र तिलोत्तमामा ६० प्रतिशतभन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले जानकारी दिए।
जिल्लाका १६ वटै पालिकामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको उनले बताए।
तस्बिरहरुः सी.पी. खनाल/तस्बिरहरु