
बुटवल – बुटवलमा ९ सय मत गणना हुँदा कांग्रेसका खेलराज पाण्डे ४२२ मतसहित अगाडि छन् । अहिले वडा नं १ को मतगणना भइरहेको छ। वडा नं १ मा १९६८ मत खसेको थियो ।
प्रमुख पदमा राप्रपाका मृगेन्द्र शेरचनले पाण्डेलाई पछ्याइरहेका छन् भने एमाले उम्मेदवार बाबुराम भट्टराई तेश्रो स्थानमा छन् ।
शेरचनले ९०० मतमध्येबाट २१५ मत ल्याउँदा एमालेका भट्टराईले १६० मत ल्याएका छन् । तर यो वडाको अध्यक्षमा भने एमालेले अग्रता लिइरहेको छ।