बुटवलमा ११ सय मत गन्दा २०५ मत बदर

बुटवलमा ११ सय मत गन्दा २०५ मत बदर
+
-

बुटवल – बुटवल उपमहानगरमा ११ सय मत गन्दा २०५ मत बदर भएका छन्। ११ सय मत गणना हुँदा २०५ मत बदर भएको हो।

बुटवलका निर्वाचन अधिकृत लेखनाथ पौडेलले कुनै पनि निर्वाचन चिन्हमा मतदान नगरेको र दुई वटा पार्टीमा प्यानल मतदान गरेका मतपत्र भेटिएका छन्।

११ सय मतगणना हुँदा दुई पार्टीमा मतदान गरेको मतपत्र समेत भेटिएका छन्। सात वटै रुख र सात वटै हलोमा मतदान गरेका २ वटा मतपत्र भेटिएका छन् भने अन्य सूर्य र हलोमा मतदान गरेका दुई मतपत्र भेटिएका हुन्।

यस्तै बुटवलमा २ सय मतपत्रमा उम्मेदवार नभएका चुनाव चिन्हमा मतदान गरेका छन्। उनका अनुसार सूर्य, हँसिया हथौड़ा, कलम, गिलास, घर चिन्हमा उम्मेदवार नभएको पदमा समेत मतदान भएको हो। उनले मतदाता शिक्षाको अभावले मत बदर भइरहेको बताउँदै यसले मतपरिणाममा प्रभाव पार्ने प्रतिक्रिया दिए।

यसपाली गठबन्धनका कारण प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडा सदस्यमा फरक–फरक चिन्ह छन्। यस्तोमा मतदाताले उम्मेदवार भए/नभएको नबुझी आफूलाई मन परेको दलको चुनाव चिन्हमा मत राख्दा बदर बढेको पौडेलले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?