
बुटवल – बुटवल उपमहानगरपालिका १ मा स्वतन्त्र उम्मेद्वार नरेन्द्र बस्नेत विजयी भएका छन्। कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवारी दिएका उनले कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन्।
पुतली चुनाव चिन्ह पाएका बस्नेतले ६३६ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी एमालेका महेन्द्र लिगलले ५५१ र कांग्रेसका माधव प्रधानले ३४८ मत ल्याएका छन्।
अरू सदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। यसको आधिकारिक घोषणा हुन बाँकी छ। बस्नेतले जितेपछि कांग्रेस र उनका पक्षधरहरू अहिले मतगणनास्थल नजिकै आएर खुशीयाली मनाइरहेका छन्।
बस्नेत २०५४ सालमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए। यसअघि एमालेका महेन्द्र प्रसाद लिगल निर्वाचित भएका थिए भने कांग्रेसबाट उम्मेदवारी दिएका बस्नेत पराजित भएका थिए।
प्रमुख पदमा कांग्रेसका खेलराज पाण्डेले अग्रता लिइरहेका छन्।