
बुटवल-गुल्मीको रेसुंगा नगरपालिकाको उपप्रमुखमा कांग्रेसकै अमृता कुवर विजयी भएकी छिन्।
उनले एमालेकी रिता पाण्डेलाई पराजित गरिन्।
प्रमुखमा कांग्रेसका खिलध्वज पन्थी विजयी भएका छन्।
कांग्रेसका जिल्ला सभापति समेत रहेका पन्थीले एमाले उम्मेद्वार राजेन्द्र पाण्डेलाई पराजित गरेका हुन् ।
प्रमुखमा निर्वाचित पन्थीले ८ हजार छ सय १४ मत ल्याए भने उपप्रमुख कुँवरले ८ हजार छ सय १९ मत ल्याएकी छन्।
नेकपा एमालेबाट प्रमुखका उम्मेदवार राजेन्द्र पाण्डेले सात हजार तीन सय २० मत ल्याएका छन्। एमालेकी उपप्रमुख उम्मेदवार रिता पाण्डेयले ७ हजार २ सय ३१ मत ल्याएकी छन्।
रेसुङगाका १४ वडा मध्ये १० वडामा पनि काँग्रेस विजयी भएको छ ।
४ वटामा एमालेले जितेको छ । निर्वाचनको आधिकारिक मत परिणाम घोषणा हुन बाँकी छ।
यसअघि रेसुंगामा एमालेले जितेको थियो।