आज २५६६औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस, लुम्बिनीमा विशेष कार्यक्रम

आज २५६६औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस, लुम्बिनीमा विशेष कार्यक्रम
+
-

लुम्बिनी– गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको त्रिसंयोगको रुपमा आज सोमबार बुद्ध पूर्णिमा मनाइदैछ। इसापूर्व ६२३ मा वैशाख शुक्ल पूर्णिमाका दिन लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो।

पहिलो सन्तानको माइतीमा जन्म दिने तत्कालीन परम्परा अनुसार महारानी मायादेवी कपिलवस्तु राजदरबार तिलौराकोटबाट आफ्नो माइती देवदह जादै गर्दा लुम्बिनी उद्यानमा सिद्धार्थ गौतमको जन्म भएको थियो।

लुम्बिनीमा जन्म भएपछि सिद्धार्थको जन्मको खुशीयालीमा तिलौराकोटबाट बाजागाजासहितका लावालस्कर आएर विजय उत्सव मनाउँदै तिलौराकोट दरबारमा प्रवेश गराएका थिए।

राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थ मानिसले पाएको दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किएका थिए। तपस्या गर्न निस्किएका सिद्धार्थले पूर्णिमाकै दिन बुद्धत्व प्राप्त गरेका थिए। त्यसपछि सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालियो।

वैशाख शुक्ल पूर्णिमाकै दिन उनले बोधगयास्थित बोधीवृक्षमुनि ध्यान गरिरहेको समयमा बुद्धत्व प्राप्त गरेका थिए। वैशाख शुक्ल पूर्णिमाकै दिन उनको ८० वर्षको उमेरमा महापरिनिर्वाण (निधन) भएको थियो।

बुद्धले बुद्धत्व प्राप्त गरेपछि सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि यी आठ मार्ग हुन् भनी ज्ञान बाँडेका थिए।

आज चैत्य, गुम्बा, विहारलगायत स्थलमा विभिन्न कार्यक्रम गरेर बुद्धपूर्णिमा मनाइदैछ। बुद्ध जन्मस्थल लुम्बिनीमा आज सोमबार २५६६औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस २०७९ को विशेष कार्यक्रम आयोजना गरिएको छ। सरकारले घरघरमा दीपावली गरेर बुद्ध पूर्णिमा मनाउन आह्वान गरेको छ।

सम्राट् अशोकले ई।पू। २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेपछि बुद्धको जन्मस्थल लुम्बिनी रहेको प्रमाण फेला परेको थियो।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (यूनेस्को) ले लुम्बिनीलाई सन १९९७ मा विश्व सम्पदा सूचिमा सूचिकृत गरेको थियो ।

२००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि वैशाख शुक्ल पूर्णिमामा देशभर सार्वजनिक बिदा दिन थालिएको हो। २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो। गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ।

बुद्ध पूर्णिमाको अवसरमा आज लुम्बिनीमा विशेष कार्यक्रम हुँदैछ। कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा लुम्बिनी आइपुगेका छन् भने उनका भारतीय समकक्षी नरेन्द्र मोदी सोमबार लुम्बिनी आउने कार्यक्रम छ।

लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाअर्चनाका साथसाथै लुम्बिनीमा निर्माण भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ।

२५६६औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस २०७९ को अवसर पारेर प्रधानमन्त्री शेरबहादुर देउवाले ध्यान केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ।

२५६६ औं बुद्धपूर्णिमाको औपचारिक कार्यक्रम पनि सोही केन्द्रकै हलमा आयोजना हुने लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसाद संयोजक सिद्धिचरण (ढुण्डीराज) भट्टराईले जानकारी दिए।

मूल कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विभिन्न मुलुकका प्रतिनिधिहरु सहभागी हुने भट्टराईले बताए। कार्यक्रममा प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम छ।

बुद्धपूर्णिमा मनाउन लुम्बिनीलाई सिंगारेर चिटिक्क पारिएको छ। मायादेवी मन्दिरको भित्र र बाहिर रंगरोगन गरिएको छ। बाहिरी पुरातात्त्विक संरचनालाई फूलले सजाएर आकर्षक बनाइएको छ। मन्दिर परिसरभित्र, बाहिर र अशोक स्तम्भभित्र सरसफाइ गरेर चिटिक्क बनाइएको छ।

बाटोघाटो सफा गरिएको छ भने विहारहरूलाई झिलीमिली बत्तीले ढाकिएको छ। पवित्र उद्यान क्षेत्रमा झिलीमिली बत्ती राखिएको छ।

बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री आउने भएपछि सुरक्षा व्यवस्था पनि उच्च राखिएको छ। मोदीको सुरक्षाका लागि ३० जना भारतीय सुरक्षाकर्मी ९स्पेसल प्रोटेक्सन गार्ड० लुम्बिनी आएका छन्।

फ्रन्टलाइनमा भारतीय सुरक्षाकर्मी, भित्री सुरक्षा सबै हेडक्वार्टरले हेरेको र बाहिरी सुरक्षा मात्र जिल्लालाई जिम्मा दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए।

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै,

पाँचवटा समझदारीपत्रमा हस्ताक्षर हुने लुम्बिनीभारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज सोमबार नेपाल आउँदैछन्। प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी बुद्ध जन्मस्थल लुम्बिनी आउन लागेका हुन्। मोदी ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतीय सेनाको हेलिकोप्टरबाट सिधै लुम्बिनीस्थित हेलिप्याडमा उत्रिनेछन्। मोदी आउने हेलिकोप्टर अवतरणका लागि लुम्बिनीमा ४ वटा हेलिप्याड बनाइएको छ। प्रधानमन्त्री मोदीलाई अन्तरराष्ट्रिय बौद्ध सम्मेलन केन्द्रनजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवा, उनकी धर्मपत्नी डा आरजु राणा देउवा, मन्त्रिपरिषद्का सदस्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायतले स्वागत गर्ने कार्यक्रम छ।

मोदीको नेतृत्वमा आउने टोलीमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयका सहसचिवद्वय अनिन्दम बाग्ची र अनुराग श्रीवास्तव, प्रधानमन्त्री कार्यालयका सहसचिव रुद्रा गौरव श्रेष्ठलगायत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। लुम्बिनीमा मोदीले मायादेवी मन्दिरको दर्शन तथा पूजा गर्नेछन् भने सम्मेलन केन्द्रमा हुने बुद्ध पूर्णिमाको मूल कार्यक्रममा सहभागी हुनेछन्।

यस्तै प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरको दर्शन, लुम्बिनी क्षेत्रमा निर्माण गरिने इन्डिया इन्टरनेसनल फर बौद्ध कल्चर एन्ड हेरिटेजको शिलान्याश गर्नेछन्। लुम्बिनीमै दुबै देशका प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ताको कार्यक्रम छ। लुम्बिनीकै प्रधानमन्त्री देउवा र समकक्षी मोदीको उपस्थितिमा नेपाल र भारतबीचको शताब्दी पुरानो शैक्षिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुई देशबीच पाँचवटा समझदारी हुने भएको छ।

भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक–एकवटा तथा काठमाडौँ विश्वविद्यालयसँग तीनवटा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ। लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् ९आइसिसीआर०, त्रिभुवन विश्वविद्यालय नेपाल तथा एशियाली अध्ययन केन्द्र ९सिनास० र आइसिसीआर, काठमाडौँ विश्वविद्यालय र आइसिसीआर, सोही विश्वविद्यालय र चेन्नइस्थित भारतीय प्रविधि प्रतिष्ठानसँग अन्य दुईवटा सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्रीका रुपमा मोदीको यो पाँचौं नेपाल भ्रमण हो भने उनको लुम्बिनी भ्रमण पहिलो हो। उनले प्रधानमन्त्रीको पहिलो कार्यकाल छँदै चारवटा भ्रमण गरेका थिए ।

उनले यसअघिका भ्रमणहरूमा पशुपतिनाथ, जानकी मन्दिर र मुक्तिनाथ मन्दिरमा पूजाआजा गरेका थिए। यसअघि लुम्बिनी आउने कार्यक्रम तय भएको भएपनि अन्तिम समयमा आएर स्थगित भएको थियो।

लुम्बिनीमा पूजाअर्चना गर्न उत्सुक छु’ मोदी

लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाखौं भारतीयजस्तै आफू पनि भगवान् बुद्धको जन्मस्थल तथा मायादेवी मन्दिरमा पूजाअर्चना गर्न उत्सुक रहेको जनाएका छन्।

आइतबार मोदीद्वारा जारी वक्तव्यमा बुद्धको जन्मस्थलमा श्रद्धा अर्पणको मौका पाएर सम्मानित महसुस गरिरहेको उल्लेख गरेका छन्।
उनले सोही अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग हुने भेटका लागि पनि आफू उत्सुक रहेको जनाएका छन्।

‘गत महिना प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा हामीबीच उपयोगी कुराकानी भएको थियोस त्यसपछि उहाँसँग फेरि भेट्ने मौकाका लागि उत्सुक छु ,’ उनले भनेका छन्‚ ‘हामी जलविद्युत्, विकास र कनेक्टिभिटीसहित कैयौं क्षेत्रमा सहयोगको विस्तारका लागि साझा धारणा निर्माणको काम जारी राख्ने छौं।’

लुम्बिनीमा बुद्धपूर्णिमाको मूल कार्यक्रमसँगै बौद्ध सम्मेलन केन्द्रको उद्घाटन हुने

बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन सोमबार हुँदैछ।

२५६६औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस २०७९ को अवसर पारेर प्रधानमन्त्री शेरबहादुर देउवाले ध्यान केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ।

२५६६ औं बुद्धपूर्णिमाको औपचारिक कार्यक्रम पनि सोही केन्द्रकै हलमा आयोजना हुने लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसाद संयोजक सिद्धिचरण (ढुण्डीराज) भट्टराईले जानकारी दिए।

मूल कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विभिन्न मुलुकका प्रतिनिधिहरु सहभागी हुने भट्टराईले बताए। कार्यक्रममा प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम छ।

२०७५ साल वैशाख १७ गते २५६२औँ बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको हलमा एकैपटक ५ हजार जना अटाउने लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले बताए।

उनका अनुसार छाता शैलीको यो हलको छाना गर्मीमा चिसो र जाडोमा तातो हुने प्रविधिको जडान गरिएको छ।

यो हल निर्माणमा पहिलो चरणमा ३३ करोड र दोस्रो चरणमा करिब २७ करोड रुपैयाँ खर्च भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?