
बुटवल– गुल्मीको मदाने गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका महेन्द्रबहादुर कुँवर विजयी भएका छन्।
उनले ४ हजार ७०७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। दोस्रो भएका एमालेका प्रेमबहादुर केसीले ४ हजार ६९७ मत ल्याए।
उपाध्यक्षतर्फ एमालेकी सरिता खड्का विजयी भइन्। उनले ४ हजार ५६७ मत प्राप्त गरिन्। दोस्रो बनेका माओवादी केन्द्रका बेगमबहादुर चन्द बोहोराले ४ हजार २११ मत प्राप्त गरे।
मदानेमा यसअघि एमालेले जितेको थियो।