
बुटवल – अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका चन्द्रमान श्रेष्ठ विजयी भएका छन्।
अध्यक्षमा निर्वाचित श्रेष्ठले एमालेका उम्मेदवार दीपक पन्थीलाई १ सय ८३ मतान्तरले पराजित गरेका हुन्। उपाध्यक्षमा नेकपा एमालेकी मनिषा पन्थी निर्वाचित भएकी छन्।
पाँच दलीय गठबन्धनबाट कांग्रेस उम्मेदवार श्रेष्ठले ७ हजार ४ सय ७ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी पन्थीले ७ हजार २ सय २४ मत ल्याएका छन्।
उपाध्यक्षमा मनिषाले कांग्रेसकी इन्दिरा भुसाललाई २ सय ४८ मतान्तरले पराजित गरिन्। उनी ७ हजार ५ सय १९ मत ल्याएर विजयी भइन्। भुसालले ७ हजार २ सय ३५ मत ल्याइन्।
२०७४ को स्थानीय तह निर्वाचनमा छत्रदेवमा अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितेको थियो।