
बुटवल – रुपन्देहीको कञ्चन गाउँपालिका र शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएका छन्।
रुपन्देहीको कञ्चन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार कांग्रेसका नवराज ढकाल नौ हजार ८५ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।
नेकपा एमालेका दिनानाथ आचार्यलाई हराउँदै उनले गाउँपालिकाको नेतृत्त्व प्राप्त गरेका हुन्। आचार्यले सात हजार ८४५ मत प्राप्त गरे।
उपाध्यक्षमा पनि कांग्रेसकै मौसमी थापा मगर नौ हजार १९४ मतसहित विजयी भएकी छिन्। नेकपा एमालेकी ओमकली रहाडीले उपाध्यक्ष पदका लागि सात हजार ६९९ मत प्राप्त गरेकी छिन्।
यता रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका विष्णुप्रसाद बस्यालले एमालेका किशुनचन्द्र चौधरीलाई हराउँदै अध्यक्षमा विजयी भएका हुन्। बस्यालले सात हजार २४७ मत पाए भने चौधरीले पाँच हजार ६३५ मत पाए।
उपाध्यक्षमा एमालेकी शान्तादेवी ज्ञवाली विजयी भइन्। उनले ६ हजार २८ मत पाइन्। माओवादी केन्द्रकी सारदा भुसाल तीन हजार १०१ मत पाएर हारिन्।