बर्दियाकाे ठाकुरबाबा नगर प्रमुखमा कांग्रेसका तिलक लम्साल र उपप्रमुखमा एमालेकी विना भट्टराई विजयी

बर्दियाकाे ठाकुरबाबा नगर प्रमुखमा कांग्रेसका तिलक लम्साल र उपप्रमुखमा एमालेकी विना भट्टराई विजयी
+
-

काठमाडाैँ- बर्दियाको ठाकुरबाबा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका तिलक लम्साल विजयी भएका छन्।

उनले खसेको कुल २४ हजार ३ सय २० मतमा ९ हजार ४२ मत पाए। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका घन नारायण श्रेष्ठले ६ हजार ५ सय ८१ मत पाए। ‍श्रेष्ठ निवर्तमान मेयर हुन्।

यस्तै, नेकपा  माओवादी केन्द्रका उम्मेदवार नेत्रराज आचार्यले  ६ हजार ८ सय अठार मत पाए भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार  दुर्गाप्रसाद जैसीले १ सय, राप्रपाकी उम्मेदवार पार्वती लम्सालले १ सय ६४ मत प्राप्त गरे।

नगरपालिकाकाे उपप्रमुखमा एमालेकी विना भट्टराई विजयी भएकी छन्। उनी ८ हजार १ सय ७६ मत प्राप्त गरी विजयी भएकी हुन्।  उनकी प्रतिद्वन्द्वी कांग्रेसकी मञ्जुकुमारी चौधरीले ७ हजार ६ सय ७४ मत पाइन्।

नगरपालिकाका अधिकांश वडामा कां‌ग्रेसले जितेको छ। नगरमा यसअघि एउटा वडा (७) जितेको नेपाली कांग्रेसले पाँचवटा वडा जितको छ। कांग्रेसले २, ४, ६, ७ र ८ वडामा जितेको हाे।

यसअघि पाँच वडा जितेको एमाले एक वडामा खुम्चिएको छ। एमालले ३ नम्बर वडामा मात्र विजयी भएको हाे। माओवादी तीनवटा वडामा विजयी भएको छ।

यता,  कांग्रेसका जय पौडेल वडा नं ६ मा विजयी भएका छन्। खसेको कुल २२ सय १० मतमा उनले ९ सय ८५ मत पाए भने एमालेका दिपक थापाले ७ सय ९६ मत पाए।

यसअघि यस वडामा नेकपा एमालेबाट भवानी भुषाल वडा अध्यक्ष थिए। उनले अहिलेका जय पौडेललाई हराएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?