चुनाव जितेको खुशी मनाउँदा सिद्धार्थनगरमा गाडी दुर्घटना, २४ जना घाइते

चुनाव जितेको खुशी मनाउँदा सिद्धार्थनगरमा गाडी दुर्घटना, २४ जना घाइते
+
-

बुटवल – रुपन्देहीको सिद्धार्थनगरमा चुनाव जितेपछि निकालिएको विजय जुलुसको गाडी दुर्घटनामा परेको छ।

सिद्धार्थनगर नगरपालिका वडा नं. १० भैरहवामा एमाले विजयी भएपछि निकालेको गाडी दुर्घटनामा २४ जना घाइते भएका छन्। घाइतेहरुको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।

घाइतेमध्ये सिद्धार्थनगर नगरपालिका–१० का ३५ वर्षीय बुद्ध कुमार मुराउ, ५५ वर्षीय लक्ष्मण पासी, ६० वर्षीय हाँसी राजी लोनीया, २२ वर्षीय बुद्धिराम केवट, १४ वर्षीय राजीव केवट र १६ वर्षीय शैलेश हरिजन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए।

मतगणना स्थलबाट एमालेको विजय जुलुससँगै निस्किएको लु १ ख ८०७८ नम्बरको मिनि ट्रक सिद्धार्थनगर–१० को शंकरपुरमा दुर्घटनामा परेको हो। सिद्धार्थनगर–१० बाट नेकपा एमालेका उम्मेदवार सुर्जमन यादव अहिर विजयी भएका छन्। उनी एक हजार एक मत ल्याएर विजयी बनेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?