
बुटवल- लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीले पदबाट राजीनामा दिएकी छन्।
वलीले आफूमाथि भइरहेको छानबिनलाई सहज बनाउन भन्दै मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएको मुख्यमन्त्रीको सचिवालय स्राेतले जनाएको छ।
जेठ अन्तिममा दाङका वाइसिएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो।
समितिले वली र बस्नेतसँग छलफल गरिसकेको छ। पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन्।
फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी वलीले माओवादी केन्द्र रोजेकी थिइन्।