एमालेसँग एकताको च्याप्टर खुलेकै छैनः माधव नेपाल

एमालेसँग एकताको च्याप्टर खुलेकै छैनः माधव नेपाल
+
-

बुटवल – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग एकताको च्याप्टर सधैँका लागि बन्द भएको बताएका छन्।

रूपन्देहीको बुटवलमा शनिबार समाजवादी प्रेस संगठन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमालेबाट आफूहरु विद्रोह गरेर निस्किनुको औचित्य पुष्टि भएकाले एमालेसँग एकता वा तालमेल हुने कुरा सधैँका लागि बन्द भएको बताएका हुन्।

नेपालले भने, ‘एमालेसँग एकताको च्याप्टर खुलेकै छैन, हामीले पार्टीबाट किन विद्रोह गरेका थियौँ भन्ने कुरा त झनझन् पुष्टि हुँदै गइरहेको छ, त्यस अवस्थामा एकताको कुरा हुन्छ या ढोका खुला छ कि बन्द छ भन्ने कुरा हुँदै हुँदैन।’

संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन गर्नुपरेको बताउँदै अध्यक्ष नेपालले आगामी चुनावमा पनि पाँचदलीय गठबन्धन सँगै अघि बढ्ने बताए।

वाम पार्टीले नै राष्ट्रलाई निकास दिन सक्छन् भनेर कम्युनिष्ट पार्टीहरूमा एकताको सम्भावनाबारे छलफल गरिरहे भए पनि पद र प्रतिष्ठाका लागि कुनै पार्टीसँग एकता नहुने उनले बताए।

‘माधव नेपाललाई प्रधानमन्त्री चाहिएर पार्टी एकीकरण गर्नै पर्दैन। म पदको पछाडि लाग्ने, पदका मरिहत्ते गर्ने मान्छे होइन’, उनले भने।

नेता नेपालले पछिल्लो समय तत्कालीन नेकपालाई ब्यूँताउन सकिन्छ कि भनेर छलफल भने भइरहेको सुनाए।

‘नेपालको राजनीतिक परिवर्तनमा वामपन्थी शक्तिको ठूलो हात छ। त्यसैले ती शक्तिलाई छिन्नभिन्न हुन नदिन केही गर्न सकिन्छ कि भन्ने छलफल निरन्तर चलिरहन्छ’, उनले भने, ‘यो छलफल चलिरहँदा यसबाट कांग्रेस तर्सिनुपर्दैन, हामीले एकैठाउँ हुन सकिन्छ कि भन्ने छलफल मात्रै गरेका हौँ।’

उनले गठबन्धन सरकारले छिटै नै निर्वाचनको मिति तय गर्ने र निर्वाचनमा जाने तयारी भइरहेको बताए। उनले मंसिरभित्रै चुनाव गर्ने गरी कसरत भइरहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?