एमालेका जनप्रतिनिधिको अवरोधपछि तिलोत्तमाको बजेट पास भएन

एमालेका जनप्रतिनिधिको अवरोधपछि तिलोत्तमाको बजेट पास भएन
+
-

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेका जनप्रतिनिधिको लगातारको विरोधका कारण आइतबारको नगर सभा बैठक स्थगित भएको छ।

आइतबार बोलाइएको बैठकमा पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगरेपछि गणपुरक संख्या नपुगेको भन्दै सभा स्थगित भएको हो।

सभाहलमा उपस्थित भएर उपस्थिति पुस्तिकामा हस्ताक्षर नगरेपछि गणपुरक संख्या नपुगेको भन्दै नगरप्रमुख रामकृष्ण खाँणले शनिबार सभा स्थगित गरेका थिए।

आइतबार ९० सदस्यीय जनप्रतिनिधि रहेको सभामा ४२ जनाले मात्रै उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेका थिए।

नगरप्रमुखले सभा स्थगित गरेपछि उपप्रमुख जागेश्वरीदेवी चौधरीको नेतृत्वमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगर प्रमुखको विरुद्धमा नाराबाजी गरेका छन्। उपप्रमुखको नेतृत्वमा नगर प्रमुख खाँण र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई अमर्यादित शब्द बोल्दै घेराउ गरेर आक्रमण प्रयास गरेपछि प्रहरीले सुरक्षा दिएको छ।

तिलोत्तमामा नगर प्रमुख र १७ मध्ये ९ वडाध्यक्ष जितेको काङ्ग्रेस नगर कार्यपालिका र नगर सभामा अल्पमतमा छ। एमाले उपप्रमुख र ८ वडा अध्यक्षसहित नगरसभाको ४८ पद जितेर बहुमतमा छ। पटक–पटक विवादका कारण नगर सभा स्थगित हुँदा तिलोत्तमाको बजेट पारित हुन सकेको छैन।

उपप्रमुखको नेतृत्वमा रहने न्यायिक समितिमा एकलौटी नगरी कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई पनि समावेश गराउनुपर्ने प्रस्ताव राखेपछि उपप्रमुख चौधरीले नगर सभा बैठक सञ्चालनमा अवरोध गर्दै आएकी छन्।

यसअघि असार ३१ गते नगरसभाको बजेट पारित गर्ने तयारीका साथ बसेको बैठकमा उपप्रमुख चौधरी सभामा उपस्थित भए पनि मञ्चमा नगइ विरोध गरेपछि बैठक स्थगित भएको थियो। नगरसभा सोमबार बस्ने गरी बोलाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?